यी हुन् माओवादीले छानेका १४ समानुपातिक सांसद

नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सदस्यको टुंगो लगाएको छ। सो पार्टीले १४ जना सांसद पाएको थियो।

जसमध्ये अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ महिला र २ पुरुषको नाम छनोट गरेका छन्। माओवादीबाट सांसद चुनिनेहरुमा आदिवासी जनतातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ छन्।

खसआर्यतर्फ हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नरायणी शर्मा चयन भएका छन्। थारुतर्फ रुपा सोसी चौधरी चयन भएकी छन् भने दलिततर्फ रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी छानिएका छन्।

त्यस्तै, मधेशीतर्फ मीना यादव र उमरावती देवी यादव चयन हुँदा मुस्लिमतर्फ कल्पना मियाँ छनोट भएका छन्।

त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा र विकासले भन्दापनि सामाजिक सञ्जाल र फेसबुकले चुनाव जितिने गरेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी महासंघको १५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले डिजिटलाइजेशनको युग सुरु भएको बताए।

‘डिजिटलाइजेशनको जुन युग सुरु भएको छ। अहिलेको घटनाक्रमले के देखायो भने ठूला विकासले सम्बोधन गर्नुभयो भन्दैमा चुनाव नजितिँदो रहेछ। जहाँ माओवादीले विकासको क्रान्तिनै ल्याएका छन् त्यहाँ चुनाव जित्न हामीलाई हम्मेहम्मे भयो,’ प्रचण्डले भने, ‘एजेण्डा लिएर गएपछि जनताले मान्छन् भन्नेपनि नहुँदो रहेछ। एजेण्डा न सेजेण्डा। कस्तालाई भोट हाले अहिले हेर्नुस् त? विकास र एजेण्डाले जितिन्छ भन्ने पनि छैन, जितिन्छ के ले भन्दा फेसबुकले। सोसल मिडियामा धमाका दिन सक्यो भने माइन्ढ कन्ट्रोल त्यहाँबाट गर्न सक्नुपर्ने रहेछ।’

साथै, उनले माओवादीहरुले गम्भीर आत्मसमीक्षा गर्नपर्ने बेला आएको बताए। ‘हामी पार्टीमा गम्भीर आत्मसमीक्षा र बहस सुरु गर्दै छौं। हुन त अहिलेपनि हामीले समाजवाद, क्रान्ति, रुपान्तरण र आर्थिक क्रान्तिको कुरा गरेका छौं,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘तर हाम्रो व्यवहार र अभिव्यक्तिको बिचमा किन फरक पर्दै गयो? त्यहाँ एउटा ठूलो खाडल देखा पर्दै गएको छ’

बुर्जुवाहरुको भनाई एउटा र गराई अर्को हुने उल्लेख गर्दै उनले भने, ‘फरक नै त्यही हो। तर शान्ति प्रक्रियाबाट भनाई र गराईबीच तालमेल नभएको कुरा छ।’

निर्वाचनमा सोचे अनुसारको परिणाम नआएको भन्दै त्यसको कारणहरुको बारेमा खोजी गर्दै गरेको उनले बताए। ‘संघमा हामीले अपेक्षा गरे अनुसारको भएन। यसका कारणहरुको हामी खोजी गर्दैछौं। हामी खुम्चियौं भन्नुको मतलब राष्ट्रिय राजनीतिमा हामी खुम्चियौं भन्ने होइन,’ प्रचण्डले भने, ‘राष्ट्रिय राजनीतिमा हाम्रो अहिलेपनि केन्द्रीय भूमिका छ। त्यसलाई कसैले खोस्नसक्ने स्थिति छैन।’

आफूहरु बढी हौसिएर जित जोगाउन नसकेको प्रचण्डको भनाई थियो। ‘हामी अलि बढी हौसियौं,’ प्रचण्डले भने, ‘दुश्मनले त्यही खोजेको थियो, हामीले हाम्रै जितलाई जोगाउन सकेनौं। धेरैतिर खुम्चिएका पार्टीहरु थिए। दबदबा बनाएका पार्टीहरुको रुवाबासी नै थियो। तर अहिले हामी रुवाबासीको स्थितिमा पुगेका छैनौं।’ जितेपछि एकले अर्कोलाई दोषारोपण गर्न थालेकाले बिग्रिएको उनले बताए।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको