राप्रपाले बुझाएको समानुपातिक सांसदको सूचीमा को को परे ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। आयोगले दिएको शनिबार दिउँसो ४ बजेसम्मको समयसीमा अघि कार्यसम्पादन समितिको बैठक बसेर राप्रपाले समानुपातिक सांसदको सूची फाइनल गरेको थियो।

समानुपातिक सांसदहरुमा पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर जबरासहित ७ जनालाई चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। समानुपातिक सांसदहरुको सूची राप्रपाले शनिबार अपरान्ह निर्वाचन आयोगमा पेश गरेको उनले बताए।

श्रेष्ठका अनुसार पुरुष दुई जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस भएको छ ।

यस्तै ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस भएको छ । पार्टीभित्र समानुपातिकको विषयमा विवाद र पार्टी कार्यालयमै होहल्ला समेत भएपछि राप्रपाले निर्वाचन आयोगमा गोप्य रुपमा यी ७ जनाको सूची बुझाएको हो ।

स्रोतका अनुसार अझै दुई दिन आयोगमा समानुपातिकको नाम सच्याउन सकिने म्याद हुने भएकाले विवाद चर्किएमा यो नाममा फेरबदल हुनसक्ने सम्भावना समेत छ ।

विशेषगरी राप्रपामा पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी र बुद्धिमान तामाङमध्ये हो समानुपातिक सांसद बन्ने भन्नेमा तीव्र विवाद रहेको छ । सो विवादका कारण आजै बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनलाई अन्तिम सूची तय गर्ने जिम्मेवारी प्रदान गरेको थियो ।

सोही अनुसार लिङ्देनले नेताहरुसँग परामर्श गरेर नाम आयोगमा पठाएका हुन् । सूचीअनुसार बन्दसूची तयार गर्दादेखि नै आफ्नो नाम एक नम्बरमा हुनुपर्ने दाबी गर्दै आएका प्रकाशचन्द्र लोहनी संसद बन्न असफल भएका छन् ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको