एमालेले एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएपछि चर्को आलोचना, गोकुलले पनि यस्तो भने

नेकपा एमालेले धर्म प्रचारसँग जोडिएको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएपछि चर्को आलोचना भइरहेको छ।

अध्यक्ष केपी शर्मा ओलीको उक्त निर्णयलाई लिएर दोस्रो र तेस्रो पुस्ताका एमाले नेताहरु पनि सामाजिक सञ्जालमा घेरिएका छन्।

एकनाथलाई समानुपातिक सांसद बनाएपछि सामाजिक सञ्जालमा सक्रिय भइरहने एमाले नेता गोकुल बास्कोटालाई पनि प्रश्नको वर्षा भएको छ।

उनले आफूलाई एमाले र जनताको बहुदलीय जनवादको दृढ समर्थक भएको बताउँदै पार्टीको आधिकारिक निर्णयलाई जोडेर नसोध्न पनि भनेका छन्।

‘म एमालेको दृढ समर्थक हो र जबजको पनि।तर अधिकारी होइन। तसर्थ एमालेले लिने आधिकारीक निर्णयमा मलाई जोडेर मेन्सन नगर्न सबै ट्वीटे र फेसबुकेलाई आग्रह छ’, उनले भनेका छन्, ‘अवश्य नै मेरा पनि मत होलान्। तर म मलाई उपलब्ध संस्थागत ठाउॅंमै कुरा राख्छु, मौका पाएमा। यो मेरो कमजोरी होइन तर अराजकता मन पराउन्न।’

उनको यो टिप्पणीपछि एकनाथलाई सांसद बनाएकोबारे कृष्ण अंसुकले ट्विटरमै बास्कोटालाई घेर्ने कोसिस गरेका छन्।

‘एमालेले एकनाथ ढकाललाई समानुपातिकतर्फ लैजानु एमालेका आमकर्याकर्ताको उपहास हो। उनी को हुन्?, र किन सांसद बनाइयो?’, उनले बास्कोटालाई सोधेका छन्, ‘यसको चित्तबुझ्दो जवाफ आमएमालेका कार्यकर्ता र मतदान गर्ने नागरिकलाई नेतृत्वले अनिवार्य स्पष्टीकरण दिनुपर्नेछ।’

त्यसपछि बास्कोटाले एमालेमा एकनाथको योगदान थाहा नभएको बताउँदै आफूले उनलाई नचिनेको जवाफ दिएका छन्।

‘एकनाथको योगदान मलाई थहा छैन र म चिन्दिन पनि’, उनले भनेका छन्, ‘तर समानुपातिक सिस्टटम होइन, नेताहरुको तजबिज रहेछ, त्यो पक्का हो अब था भो।’

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको