किन बिहे गर्न छाडे दक्षिण कोरियाका युवाले ?

दक्षिण कोरियामा पछिल्लो समय ढिला बिहे गर्ने चलन बढेसँगै नवविवाहित दम्पतीको संख्या कम भएको यहाँको सरकारी कार्यालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ।

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार सन् २०२१ को नोभेम्बर १ सम्म पाँच वर्षको अवधिमा कानुनी रूपमा विवाह गरेका दम्पतीको सङ्ख्या ११ लाख एक हजार छ। नवविवाहितको यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत अर्थात् ८२ हजारले कम हो।

सन् २०१५ देखि यस सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो सङ्ख्या सबैभन्दा कम हो।

धेरैजसो युवाले आवासको बढ्दो मूल्य र उच्च बेरोजगारीजस्ता आर्थिक कठिनाइका कारण विवाह गर्न छाडेको वा ढिला गरेको बताइएको छ।

पाँच वर्षको अवधिमा पहिलोपटक विवाह बन्धनमा बाँधिएका दम्पतीको सङ्ख्या गत वर्ष आठ लाख ७१ हजार अर्थात् कूल विवाहको ७९.१ प्रतिशत थियो भने दोस्रो विवाह गर्नेको सङ्ख्या दुई लाख २७ हजार अर्थात् २०.६ प्रतिशत रहेको थियो।

पहिलोपटक विवाह गरेका दम्पतीमध्ये ४५.८ प्रतिशतले सन् २०२१ मा बच्चा जन्माएका छैनन्। यो अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढी हो।

सन् २०२१ मा नवविवाहित जोडीबाट जन्मिएका शिशुको औसत सङ्ख्या अघिल्लो वर्षको ०.६८ बाट घटेर ०.६६ मा झरेको छ।

नवविवाहित जोडीमध्ये ५०.४ प्रतिशत दोहोरो आय भएका दम्पतीले बच्चा जन्माएका छैनन् भने एकल आय भएका दम्पतीमध्ये ३९.५ प्रतिशतले बच्चा जन्माएका छन्।

घरको स्वामित्वको कुरा गर्ने हो भने आफ्नै घर भएका ५९.९ प्रतिशत नवविवाहित दम्पतीले बच्चा जन्माएका छन्, जुन घर नभएका नवविवाहित दम्पतीको सङ्ख्याभन्दा बढी हो अर्थात् घर नभएका ५०.१ प्रतिशत दम्पतीले बच्चा जन्माएका छन्। रासस/सिन्ह्वा

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको