माओवादी महासचिवले भेटे ओली, बन्ला त एमाले-माओवादीको नयाँ सरकार ?

नयाँ सरकार निर्माणको दौडधुप बढिरहेका बेला दुई प्रमुख कम्युनिष्ट नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वार्ताको ढोका खोल्न थालेका छन्।

मंसिर ४ को आमनिर्वाचनमा बहुमत ल्याउन नसकेपछि समस्या परेको सत्ता गठबन्धनले बहुमत जुटाउने कोसिस तीव्र पारिरहेका बेला एमाले र माओवादीबीच पनि संवाद सुरु भएको हो।

सत्ता गठबन्धनले सरकार निर्माण प्रयास थालिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ‌ओली राजनीतिक संवादमा जुटिरहेका छन्। यी संवादका क्रममा मंगलबार साँझ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ ओलीसँग वार्ताका लागि भक्तपुरको बालकोट पुगे।

२०७४ मा बनेको गठबन्धन भत्किएर एमाले र माओवादीमासमेत विभाजन आएको अवस्था यी दुई दलबीच फेरि मिल्ने प्रयास सुरु भएको हो।

मंसिर ४ को चुनावी परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ बुझाउने तयारी गरिरहेका बेला सरकार निर्माणका अनेक प्रयास सतहमा आइरहेका छन्। त्यहीक्रममा एमाले र माओवादीबीच फेरि संवाद हुन थालेको हो।

बालकोटमा एक घण्टा बढी भएको दुई नेताबीचको संवादबारे दुवै पक्षले केही खुलाएका छैनन्। माओवादी महासचिव देव गुरुङले छोटो प्रतिक्रिया दिँदै भेट भएको पुष्टि गरे।

‘कुरा भएको हो’, उनले भने, ‘खास त्यस्तो केही भएको छैन।’ ओलीले आफू बाहिरै बसेर भए पनि समर्थन गरेर गठबन्धन विभाजनको रणनीति बनाइरहेका छन्। उनी यसकै लागि नेपाली कांग्रेसदेखि माओवादी र अन्य दलका नेताहरुसँग पनि छलफलमा छन्।

सत्ता समीकरणको रस्साकस्सी चलिरहेका यसअघि मंसिर १९ मा एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।

महासेठले निर्वाचनमा विजयी भएको भन्दै प्रचण्डलाई बधाई दिन गएको बताएका थिए। उनले नेकपा हुँदैदेखि प्रचण्डसँग निकटता रहेकाले आफू खुमलटार पुगेको बताएका थिए। तर त्यसबेला पनि उनी बालकोटबाट ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए। अहिले महासचिव गुरुङ बालकोट पुगेका हुन्।

त्यसअघि ओलीले गोरखाबाट निर्वाचनमा विजयी भएकोमा फोन गर्दै अब मिलेर जान सकिने प्रस्ताव गरेको दाबी प्रचण्डको सचिवालयले गरेको थियो। तर प्रचण्डले ओलीलाई केही समय कुरेर अघि बढ्ने जवाफ त्यसबेला दिएका थिए।

पछिल्लो समय एमाले र माओवादी दुवै दलका दोस्रो तहका नेताहरु फेरि पनि मिलेर जानुपर्ने पक्षमा छन्। उनीहरु त्यहीअनुसार लविङमा पनि जुटिरहेका छन्।

एमालेमा उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङहरु वाम गठबन्धन बनाएर जाने दिशामा छलफलमा छन्। उनीहरुले नेतृत्वलाई पनि मिलेर नगए कम्युनिष्टहरुको अस्तित्व नै संकटमा पर्ने बताइरहेका छन्।

माओवादीमा पनि केही नेताहरु एमालेसँग मिलेर जानुपर्ने दिशामा छन्। यसअघि दुवै दलका दोस्रो तहका नेताहरुले ओली र प्रचण्डको भेट गराउन खोजेका थिए।

दुई साताअघि नै उनीहरुबीच भेट गराउने प्रयास भएको थियो। मिति पनि करिब टुंगो भएको थियो। तर दुई नेताबीच संवाद अघि बढ्न सकेन।

यसबीचमा प्रचण्डले यही मंसर २६ गते प्रेस सेन्टरको एक कार्यक्रममा सम्बोधनका क्रममा नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच भित्रभित्रै वार्ता भइरहेको सूचना आफूलाई आइपुगेको बताएका थिए। यदि कांग्रेस र एमाले मिलेमा आफू प्रतिपक्षमा बस्ने उनको भनाइ थियो।

पाँच दलीय गठबन्धन बनाएर प्रचण्ड र माधवकुमार नेपालको सहयोगमा कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री छन्। तर नयाँ जनादेशपछि यही गठबन्धन रहेमा पहिलो २ वर्ष आफू प्रधानमन्त्री हुनुपर्ने पक्षमा प्रचण्डले लविङ गरिरहेका छन्।

यस्तोमा ओली र प्रचण्डबीच चाँडै संवाद हुन सक्ने अनुमान छ। एमाले अध्यक्ष ओली माओवादीसँग मिल्न तयार भए पनि पार्टी फुटाएर गएका माधवकुमार नेपालहरुलाई साथमा लिन तयार छैनन्। उता समाजवादी र मा‌ओवादीबीच एकताको पनि चर्चा चलिरहेको छ।

सिफारिस

बंगलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा विद्युत व्यापारबाट पाँच अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताउनु भएको छ । उर्जा मन्त्रालयमा...

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना गरियो । लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको आयोजनामा रत्नपार्कस्थित शान्तिवाटिकामा भेला भएर र्‍यालीसहित नारायण चौरमा...

बङ्गलादेशमा विद्युत बेच्न सुरु, पाँच महिनामा डेढ अर्ब आम्दानी हुने

काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक ३०...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना...

बङ्गलादेशमा विद्युत बेच्न सुरु, पाँच महिनामा डेढ अर्ब आम्दानी हुने

काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण...

सुनुवार भाषामा नयाँ गीत ‘टुङ्ना ताप्स्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं - नेपालको एक दुर्लभ र लोपोन्मुख भाषा मानिने...

राजनीतिको गेरु मोडेल र राजसंस्थाको पुनरावलोकन

गेरु सँग 'प्रेम' पनि छ ,डर पनि छ ।...

१५औं राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत उसु खेल सम्पन्न, बागमती प्रदेश प्रथम

काठमाडौं – १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड–२०८२ अन्तर्गत सम्पन्न...

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व...

धेरै पढिएको