कर्मचारीलाई आवास सुविधा दिने सरकारको निर्णय

दाङ – लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी दाङको देउखुरीमा बसेको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश कार्यालयको सुभारम्भपछि बसेको पहिलो बैठकले स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

स्थायी राजधानीमा दाङमा स्थान्तरणका क्रममा आउने कर्मचारीहरुलाई सहजताका लागि वर्ग विभाजन गरेर आवासको सुविधा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तीलकराम शर्माले जानकारी दिए।

उनका अनुसार श्रेणीविहीन कर्मचारीलाई तीन हजार पाँच सय रुपैयाँ, चौथो, सहायक पाँचौं र अधिकृतसम्मलाई ६ हजार मासिक आवास सुविधा दिइनेछ ।

देउखुरीमा कोठा भाडा लिएर बस्ने कर्मचारीहरुलाई आवासका सुविधा उपलब्ध गराइने उनले जानकारी दिए । प्रदेशका १३ मन्त्रालय र प्रदेश योजना आयोगमा समेत गरी ३३७ कर्मचारी छन् ।

त्यसका लागि कर्मचारीलाई चार वर्गमा विभाजन गरी सुविधा तोकिएको छ। श्रेणीविहीन कर्मचारीलाई मासिक ३ हजार ५ सय रुपैयाँ, चौथो, सहायक पाँचौँ र अधिकृतसम्मलाई ६ हजार आवास सुविधा दिने निर्णय प्रदेश सरकारले गरेको छ। राजधानी स्थापना भएको दिनदेखि लागू हुनेगरी आगामी असार मसान्तसम्मको लागि यो सुविधा उपलब्ध गराइने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले जानकारी दिए।

प्रदेश सरकारअन्तर्गतका १३ मन्त्रालय तथा कार्यालयहरुमा ३ सय ३० जति कर्मचारी छन्। यी कर्मचारीहरुलाई आवास सुविधा दिँदा सरकारलाई आर्थिक व्ययभार पनि बढ्ने छ।

बिदा हुन लागेको सरकारले राज्यकोषलाई व्ययभार बढ्ने निर्णय गरेको भन्दै आलोचना पनि भएको छ। रुपन्देही २ ख का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जान लागेको सरकारले ठूलो रकम खर्च गर्ने निर्णय गरेर नयाँ जनादेशलाई अवमूल्यन गरेको टिप्पणी गरे।

‘१५–२० दिनमा नयाँ सरकार आउँदै छ। आउँदै गरेको नयाँ जनादेशको सरकारको अवमूल्यन गर्ने कामको थालनी भएको छ’, उनले भने, ‘राज्यकोषको दुरुपयोग र गैरजिम्मेवार व्यवहार हो।’

यसरी कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउँदा सवा करोडदेखि डेढ करोडसम्म आर्थिक भार बढ्न सक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नरेन्द्र कुमार रानाले बताए।

प्रदेश सांसद श्रेष्ठले त्यो भन्दा निकै बढी खर्च हुने र कर्मचारी तथा सेवाग्राहीले दु:ख पाउने दाबी गरे। प्रदेश सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री तिलकराम शर्माले नयाँ व्यवस्थापन गर्न कर्मचारीलाई गाह्रो हुने भएकाले सहजीकरण गरिदिएको बताए।

‘त्यहाँ गएर डेरा लिएर तत्काल बस्नपर्ने। जानेबित्तिकै सबै कुरा, सामानहरु व्यवस्थापन गर्नुपर्ने हुँदा गाह्रो पनि हुन्छ’, उनले भने, ‘यही आर्थिक वर्षका लागि मात्र उहाँहरुलाई आवास सुविधा उपलब्ध गराइदिएर सहजीकरण गरिदिएको हो।’

बुटवलबाट राजधानी देउखुरी सार्ने कुरामा प्रदेश सरकारका कर्मचारी असन्तुष्ट थिए। केही दिनअघि नेपाल निजामती कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन तथा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै देउखुरीमा तत्काल कर्मचारी गएर काम गर्न सक्ने अवस्था नभएको बताएका थिए। उनीहरुले जबर्जस्ती राजधानी सारिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए।

कर्मचारी जान नमानेपछि उनीहरुलाई फकाउन प्रदेश सरकारले प्रोत्साहनस्वरुप आवास सुविधा दिने निर्णय गरेको हो।

सिफारिस

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

धेरै पढिएको