संसदीय दल नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति, यी ३ व्यक्तिले पाए जिम्मेवारी

काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय समिति बनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा प्रकाश स्नेही र पुष्पा भुसाल सदस्य रहेको समिति बनाएको हो ।

संसदीय दलको नेताको चुनावको मिति तोक्ने र चुनाव गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, शेखर कोइराला, गगन थापालगायत आकांक्षी छन् ।

बैठकले प्रदेशसभामा दलको नेता चयनको निर्वाचन अघि बढाउनका लागि प्रदेश समितिहरुलाई निर्देशन पनि दिएको छ ।

‘संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय समिति बनाइएको छ’, उनले भने, ‘सह-महामन्त्री भीस्मराज आङ्देम्बे संयोजक रहेको समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य रहनु भएको छ।’

महतले मंगलबार बिहान निर्वाचन हुन सक्ने बताए। ‘पर्सि बिहानसम्म निर्वाचन हुन सक्छ। नभए निकोर्सि निर्वाचन गर्छौँ’, उनले भने, ‘सकेसम्म सर्वसम्मत हुन्छ नभए निर्वाचन प्रक्रिया छँदैछ।’

त्यस्तै, कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन अहिले सत्तारूढ गठबन्धनमा रहेका र बाहिरका दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतको सरकार बनाउन सत्ता गठबन्धन बाहिर रहेका दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि प्रधानमन्त्री बन्ने इच्छा र मनसाय प्रकट गरेको भए पनि कांग्रेस ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय भएको महतले बताए।

‘उहाँ (प्रचण्ड) ले इच्छा र मनसाय प्रकट गर्नुभएको छ तर कांग्रेस सबैभन्दा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छ,’ महतले भने।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको