राष्ट्रपतिमा झलनाथ खनाललाई अघि सार्ने

काठमाडौं – नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो ।

सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । उनले पद बाँडफाँट शक्ति सन्तुलनका आधारमा हुने भएकाले राष्ट्रपतिमा आफ्नो पार्टीले दाबी गर्ने बताएका हुन् ।

शक्ति सन्तुलन र पद बाँडफाँटबारे सोमबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच सघन रूपमा छलफलसमेत भएको थियो ।

आफ्नो निवास कोटेश्वरमा भएको छलफलका क्रममा अध्यक्ष नेपालले नेकपा एसले तत्कालै प्रधानमन्त्री दाबी नगर्ने तर राष्ट्रपतिको ‘बटमलाइन’ नछाड्ने बताएका थिए ।

अध्यक्ष नेपालले आलोपालो प्रधानमन्त्री हुनुपर्ने तर कसले पहिला नेतृत्व गर्ने भन्ने विषयमा कांग्रेस र माओवादी केन्द्रले आपसी समझदारीमै तय गर्नुपर्नेमा जोड दिएका थिए ।

‘सरकार गठन अहिलेकै गठबन्धनबाट हुनुपर्छ भन्ने कुरामा नेकपा एस दृढ छ । आलोपालो सरकार सञ्चालन गर्ने विषयमा पनि पार्टी प्रस्ट छ । तर कसले पहिला नेतृत्व गर्ने भन्नेबारे दुई पार्टीले आपसी समझदारीमा तय गर्नुपर्छ,’ नेपालको भनाइ उद्धृत उर्दै उनीनिकट एक नेताले भने ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको