काठमाडौं महानगरले फेरि निकाल्यो सूचना, दियो १५ दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले ३० वर्ग फिटभन्दा ठूला परिचय पाटी (साइन बोर्ड) हटाउन पुनः सूचना जारी गरेको छ। महानगरले यसअघि ३५ दिने सूचना जारी गर्दापनि सम्बन्धित पक्षले त्यस्ता पाटीहरू नहटाएको भन्दै १५ दिनभित्र सूचना पाटी हटाउन निर्देशन दिएको छ।

अब पनि सूचनालाई अवज्ञा गरी परिचय पाटी नहटाएमा महानगरपालिको टोली पुगेर सो वापत लागेको खर्च समेत सम्बन्ध्ति पक्षबाट नै असुल उपर गराइने जनाइएको छ।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने सङ्घ, संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी निकायहरूले आफ्नो व्यवसाय वा कार्यालय परिसरमा व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने परिचय पाटी (साइन बोर्ड) ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन पटक पटक आग्रह गरिएकोमा उक्त आकारका परिचय पाटी सम्बन्धित पक्षले नहटाएको हुँदा यस सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो व्यवसाय वा कार्यालयमा रहेको ३० वर्ग फुटभन्दा ठूला बोर्ड हटाउनुहुन पुनः अनुरोध गरिएको छ’ महानगरपालिकाको सूचनामा भनिएको छ, ‘यस सूचनालाई अवज्ञा गरी सम्बन्धित पक्षले त्यस्ता परिचय पाटी नहटाएमा महानगरपालिकाको टोलीले हटाई सो बापत लागेको खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गराइने व्यहोरा समेत जानकारी गराइन्छ।’

साथै, महानगरपालिका क्षेत्रमा व्यवसाय वा कार्यालयले परिचय पाटी (साइन बोर्ड) राख्दा वार्षिक रूपमा बुझाउनपर्ने रकमबारे पनि महानगरले जानकारी गराएको छ।

हेर्नुस् सूचनाः

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको