प्रचण्डसंग कुरा नमिलेपछि बालकाेट धाउन थाले कांग्रेसका नेता, के गर्लान् ओली ?

नयाँ सरकार गठनका लागि बहुमतको दाबी पेस गर्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते (आज) बेलुका ५ बजे भित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन् । तर यो समय सकिन लाग्दा पनि दलहरूबीच बहुमतका लागि अहिलेसम्म सहमति जुटेकाे छैन ।

सहमतिकाे प्रयासका लागि सत्ता गठबन्धनकाे बैठक आज बिहान फेरि बस्दैछ । सत्ता गठबन्धनमा आलाेपालाे सरकारकाे नेतृत्व गर्ने समझदारी जुटे पनि पहिलाे चरणमा काे प्रधानमन्त्री बन्ने भन्नेमा सहमति जुटेकाे छैन । माओवादी केन्द्रले आफूलाई पहिले प्रधानमन्त्री नदिए गठबन्धन भंग हुन सक्ने बताइसकेकाे छ ।

कांग्रेसले भने ठूलाे दलका हैसियतले पहिलाे चरणकाे प्रधानमन्त्री माओवादीलाई छाड्न नसकिने बताएकाे छ । यद्पि प्रधानमन्त्री पदका लागि गठबन्धनकाे हलाे नअड्किने कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की बताउँछन् । हिजाे साँझ बालुवाटारमा बसेकाे बैठकमा सहमति नजुटेपछि सत्ता गठबन्धन भंग हुने अवस्थामा पुगेकाे छ ।

माओवादी केन्द्रका नेताहरूले पहिले प्रधानमन्त्री आफूलाई दिने विषयमा कांग्रेस सहमत नभए गठबन्धन टुंगिने बताएका थिए । माओवादीले गठबन्धन टुंगिनेसम्मकाे कुरा राखेपछि कांग्रेसले पनि एमालेकाे साथ खाेजेकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राति नै नेता विमलेन्द्र निधिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटका लागि बालकोट पठाएका छन् । बालकाेट वार्ताकाे विवरण सार्वजनिक भइसकेकाे छैन ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको