देउवालाई सभापति र संसदीय दलबाट राजीनामा दिन माग

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी समेत दिएका छन् । ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दा भन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ’, घिमिरेले ट्वीटरमार्फत भनेका छन् ।

उता, प्रचण्डलाई प्रधानमन्त्री नदिँदा गठबन्धन भत्किन्छ भन्ने देउवाले नबुझेका होइनन् । तर, अहिलेको अवस्था सिर्जना हुनुमा कांग्रेसमा मुख्य ४ नेताको भूमिका रहेको देउवानिकट एक नेताले जानकारी दिए ।

विमलेन्द्र निधि, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र आरजू राणाका कारण सत्ताकाे पासा पल्टियो । कांग्रेसको डुङ्गा चुलुम्मै डुब्यो । ‘यी ४ जना नेताहरूले प्रचण्डलाई होल्ड गरे । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै लिनुपर्छ र त्यो लिन सकिन्छ भनेर देउवालाई उक्साइरहे’, ती नेताले भने ।

विमलेन्द्र निधिले भारतीय सहयोग रहनेभन्दै देउवालाई अडानमा अडिन दबाब दिइरहेका थिए । प्रकाशशरण महतले भने एमालेसँग कुरा भएको र माओवादीले धोका दिए कांग्रेस–एमालेको समीकरणमा सरकार बनाउन सकिने भन्दै देउवालाई आश्वस्त पारेका थिए । देउवा प्रधानमन्त्री हुँदा आफूले रोजेको मन्त्रालयसहित सरकारमा रहन पाइने लोभमा महत रहेको ती नेताले बताए ।

उता सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकार बनाउने समय थप्न लगाउने भनेर प्रधानमन्त्री र राष्ट्रपतिको दाबी नछाड्न भनेको कांग्रेसका एक नेताले सुनाए । राष्ट्रपति भण्डारी र ज्ञानेन्द्र कार्कीको नातेदारी सम्बन्ध छ । राष्ट्रपति भण्डारीकी बुबा रामबहादुर पाण्डे ज्ञानेन्द्रबहादुर कार्कीका साख्खे मामा हुन् । भण्डारी र कार्कीबीच दाजु–बहिनीको सम्बन्ध छ ।

प्रधानमन्त्री पत्नी डा. आरजु राणाले भने कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएर देउवा नै प्रधानमन्त्री हुनुपर्छ भनेर रोइलो गर्न लगाएकी थिइन् । यी सबै कारणले देउवालेको पदीय महत्वकांक्षा बढ्दै गयो ।

कांग्रेसका एक नेताले भने, ‘पूर्णबहादुर, रामचन्द्र र बालकृष्णहरू मिलाउन नै लागेका थिए । बालकृष्ण चुनाव हारेको भएर पनि होला देउवाले खासै कुरा सुनेनन् । पूर्णबहादुर र रामचन्द्रमाथि अरू ४ जना बढी हाबी भए ।’

प्रचण्ड गठबन्धन छाडेर बाहिरिएपछि देउवासहित कांग्रेसका नेताहरू छलफलमा बसेका थिए । उक्त छलफलमा उपसभापति पूर्णबहादुर खड्का र प्रकाशशरण महतबीच झण्डै कुटाकुटकोस्थिति बनेको ती नेताले सुनाए ।

‘पूर्णबहादुरले प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्थ्याे, गल्ती भयो भने । तर, प्रकाशशरणले माओवादीलाई किन प्रधानमन्त्री दिने भन्दै झोक्किए । त्यसपछि तनावपूर्ण स्थिति बन्यो । झण्डै हात हालाहालको अवस्था बन्यो’, ती नेताले बताए ।

बालुवाटारमा कांग्रेसका नेताहरूको तनावपूर्ण बैठकपछि शेरबहादुर देउवा अन्ततः प्रचण्डलाई प्रधानमन्त्री दिन तयार भए । त्यसपछि प्रचण्डलाई फोन गरियो, त्यसबेला उनी केपी ओली निवास बालकोटमा सत्ता समीकरणको हिसाब मिलाउने अन्तिम क्षणमा थिए ।

बालुवाटारबाट आएको फोन उनले बैठकमा रहेका नेताहरूलाई पनि देखाए । केहीबेर फोन उठाएनन् । तारन्तार फोन आइरहेपछि प्रचण्डले जवाफ दिए, ‘अहिलेलाई ढिलो भयो । अवसर मिल्यो भने फेरि सहकार्य गरौँला ।’

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको