एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । सोमबार शपथसँगै नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले सानो आकारमा मन्त्रिपरिषद् बनाउने सम्भावना रहेकाले अध्यक्ष ओलीले पार्टीका तर्फबाट पौडेललाई सरकारको नेतृत्वमा पठाउने आन्तरिक तयारी गरेका हुन् ।
‘उहाँ सम्भवतः उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय सम्हाल्ने गरी सरकारमा सामेल हुनुहुन्छ, बाँकी कति संख्यामा को–को सामेल हुने गठबन्धन र आन्तरिक छलफलबाट टुंगो लाग्छ,’ एक पदाधिकारीले भने ।
आज प्रधानमन्त्रीको शपथसंगै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने प्रचण्डको तयारी रहेको छ। पहिलो चरणमा मन्त्री हुनेमा एमालेबाट बिष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र लिङ्ग्देन रहेका छन्।
आइतबारै प्रचण्डले आफूलाई १६९ सांसदको समर्थन रहेको दाबीसहितको पत्र राष्ट्रपतिलाई बुझाएका थिए । प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।
उनी पहिलोपटक २०६५ मा प्रधानमन्त्री बनेका थिए भने दोस्रोपटक २०७३ मा प्रधानमन्त्री बनेका थिए ।
उनी दुईपटक एमालेको सहयोगमा प्रधानमन्त्री बनेका हुन् भने एकपटक कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।
