एमालेले पायो ६ मन्त्रालय, को-को बन्ने भए मन्त्री ?

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको केही पदाधिकारीसहितको बैठकले आफ्नोतर्फबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने निर्णय लिएको हो।

एमालेले सात दलीय गठबन्धनमा ६ वटा मन्त्रालय पाउने भएको छ। यस्तोमा ओलीनिवास बालकोटमा ६ जना मन्त्रीको नामलाई पनि अन्तिम रुप दिँदैछ।

एमाले महासचिव शंकर पोखरेलले मंसिर ४ को निर्वाचनमा विजयी उपाध्यक्षमध्ये एकजनाले सरकारको नेतृत्व गर्ने नेपालखबरलाई बताएका छन्।

यस्तोमा उपाध्यक्ष पौडेलले गृह या अर्थमन्त्रालयले लिन सक्नेछन्। उनी दुईमध्ये एक उपप्रधानमन्त्री हुनेछन्। उनले अर्थमन्त्रालयले लिन सम्भावना बलियो छ। गृहमन्त्रालयमा माओावादी उपमहासचिव वर्षमान पुनको सम्भावना बलियो छ।

एमालेबाट मंसिर ४ को निर्वाचनमा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल विजयी भएका थिए। नेम्वाङ इलाम र पौडेल रुपन्देहीबाट विजयी भएका हुन्।

तर नेम्वाङ अहिले सभामुख या राष्ट्रपति पदमध्ये एकका दाबेदार छन्। संविधानसभा अध्यक्ष र एमाले संसदीय दलको नेतासमेत भइसकेका उनी सात दलीय गठबन्धनबाट राष्ट्रपतिका दाबेदार हुन्।

एमाले उपाध्यक्षमध्ये सुरेन्द्र पाण्डे निर्वाचनमा पराजित भएका थिए। त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादल चुनावी मैदानमै थिएनन्।

आइतवार बालकोटमा भएको सात दलीय गठबन्धनको बैठकले पनि प्रधानमन्त्री माओवादीले लिँदा राष्ट्रपति र सभामुख एमालेले लिने समझदारी गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४ बजे शपथ लिँदैछन्। एमालेले यसअघि सरकारबारे निर्णय लिने जिम्मा ओलीलाई दिएको छ। ओलीले नै मन्त्रीका अन्य नामहरुको टुंगो लगाउँदैछन्।

उता माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री हुँदैछन्। त्यस्तै वर्षमान पुनको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको