रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएका छन्। उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न लागेका हुन्।

प्रचण्ड नेतृत्वको सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री बन्दैछन्।

लामिछानेले सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा आफ्नो दाबी उपप्रधान र गृहमन्त्रालयमा रहेको बताएका थिए।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा लामिछानेले आफूले गृहमा दाबी गरेको बताएका थिए। ‘मेरो दाबी उपप्रधानसहित गृहमा हो, यसबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएका छौँ,’ उनले भनेका थिए।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित उनी नेतृत्वको रास्वपाले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी २० सांसद जितेको छ।

सात दलीय सत्ता गठबन्धनमा रास्वपा तेस्रो ठूलो दल हो। माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने भएपछि लामिछानेले गृहमन्त्रालय पाउने भएका हुन्।

मंसिर ४ मा विजयी भएदेखि नै उनी सरकारमा जान तम्तयार देखिन्थे। रास्वपाले पनि सरकारमा जाने नजाने निर्णय लिने जिम्मेवारी उनैलाई दिएको थियो।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको