नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।
राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका हुन्। उनले पहिलो पटक दौरा सुरूवाल लगाका हुन्।
यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले भादगाउँले टोपीसहित कोट-पेन्टमा थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसहित सात दलको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए । राष्ट्रपति भण्डारीले आइतबार साँझ नै प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
