प्रचण्ड प्रधानमन्त्री हुनासाथ चीनले गर्यो यस्तो काम

काठमाडौं- ३१ महिनादेखि बन्द रहेको रसुवागढी नाका चीनले मंगलबारदेखि खुला गरेको छ। कोरोना महामारी सुरु भएयता बन्द सो नाका नेपाली वस्तु निर्यात गर्न सक्ने गरी खुला भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

चैत २०७६ मा नेपाल सरकारले कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै नेपाल भित्रिने सबै नाका सिल गरेको थियो। त्यसयता सो नाकाबाट नेपाली वस्तु निर्यात ठप्प थियो।

भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार मंगलबार नेपालबाट ६ वटा ट्रकमा नेपाली वस्तु चीनतर्फ निर्यात भएका छन्।

उनले भने ‘‘आजबाट नाका खुलेको छ। नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको बाँसको मुढा, तामाका भाँडालगायतका वस्तु निर्यात भएको छ।’’

नेपालबाट पठाइएको सामान ल्हासासम्म पुग्ने व्यपारीहरूले बताएका छन्। सोमबार मात्रै ल्हसास्थित नेपाली महावाणिज्य दूतावासलाई चिनियाँ अधिकारीले नाकाबाट नेपाली वस्तु आयात खोल्ने जानकारी गराएका थिए।

सिन्धुपाल्चोकको तातोपानी नाका भने अझै बन्द छ। नेपाली वस्तु निर्यात गर्नेबारे चिनियाँ पक्षले कुनै औपचारिक जानकारी नगराएको भन्सार अधिकृतहरूले बताएका छन्।

सिफारिस

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो नभएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको उच्च व्यवस्थापन समूह...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक भएको छ। “तिमीलाई लान्छु म गाउमा फूलको डोलिमा”...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

बंगलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोडभन्दा बढी आम्दानी : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बंगलादेशमा...

तस्वीरमा हेर्नुस् लैंगिक तथा यौनिक अल्पसंख्यक समूहको ‘प्राइड परेड’

काठमाडौं - काठमाडौंमा शनिबार (जेठ ३१) ‘प्राइड परेड’ आयोजना...

धेरै पढिएको