माधवलाई फकाउन महेश कोटेश्वरमा, ठूलो दल बनाउने ओलीको योजना होला त सफल ?

नेकपा एमालेको पहलमा नेकपा माओवादी केन्द्रसँगको गठबन्धनबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि फेरि वाम एकताको चर्चा चल्न थालेको छ।

खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई संसदमा पहिलो दलका रुपमा उभ्याउने गरी संवादका लागि नेताहरु परिचालित गरेका हुन्।

माओवादी नेतृत्वको सरकार बनेलगत्तै ओलीले चुनावअगाडि पार्टी छाडेका नेताहरु फकाउने अभियानलाई तीव्र बनाएका छ्न्।

ओलीले पार्टीलाई पहिलो बनाउने रणनीतिअनुसार वार्ताका लागि उपाध्यक्ष विष्णु पौडेल र नेता महेश बस्नेतसहितलाई परिचालित गरिरहेका छन्।

केही दिनयता यी नेताहरुले पार्टी छाडेकाहरुलाई फर्काउन बाक्लो संवाद थालेका छन्। मंगलबार एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको निवासमा उपाध्यक्ष पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरेका थिए।

पाण्डेले दुई नेताबीच पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे कुरा भएको बताए। एमाले अहिले मंसिर ४ को निर्वाचनबाट ७८ सिट जित्दै दोस्रो दल बनेको छ। कांग्रेसले ८९ सिट जित्दै पहिलो दल बनेको छ।

यस्तोमा एमाले पहिलो दल बन्ने सम्भावनाबीच ओलीले नेताहरु फकाउन दूत परिचालन गरेका हुन्। मंगलबार पाण्डे निवासमा नेपाल-पौडेल वार्ता भइरहँदा अर्का नेता महेश बस्नेतले चुनावअगाडि एमाले छाडेका स्थायी कमिटी सदस्य प्रभु साहसँग वार्ता गरेका छन्।

उक्त वार्तामा रौतहट ३ बाट प्रतिनिधिसभामा विजयी प्रभु साह र २ बाट विजयी किरण साहलाई एमालेमै फर्काउने गरी छलफल भएको छ।

उक्त वार्तामा सहभागी एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झाका अनुसार दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो।

‘हामीले अझै पनि एमाले पहिलो दल बन्ने सम्भावना देखेका छौँ। माधव नेपाललाई पार्टीमा फर्काउन सके १० सिट बढ्छ। उता प्रभु साह र किरण साह आउनु भयो भने १२ सिट भएर एमालेले ९० सांसदसहित पहिलो दल हुन सक्छ’, उनले भने, ‘हामीले त्यसकै लागि सबै खालका प्रयत्न गरिरहेका छौँ। त्यो सम्भावना बलियो रहेको छ।’

यसैबीच बुधबार एमाले अध्यक्ष ओलीनिकट मानिने एकजना नेता महेश बस्ने समाजवादी अध्यक्ष नेपाललाई फकाउन कोटेश्वर पुगेका छन्।

मंगलबार प्रभु साहसँग संवाद गरेका उनले कोटेश्वरमा पनि त्यही कुरा राख्दैछन्। ‘अब फुटेर भन्दा जुटेर जाने कुरामा अध्यक्ष ओली पनि तयार हुनुहुन्छ’, बस्नेतनिकट स्रोतले भन्यो, ‘हामी हिजो पार्टी छाडेका सबैलाई तितामिठा बिर्सिएर मिलेर जाऊँ भनिरहेका छौँ। सम्भवत: उहाँहरु पनि यो विषयमा वार्ताका लागि तयार हुनुहुन्छ।’

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको