गृहमन्त्री रवि लामिछानेले किन बोलाए देशभरका प्रजिअ र सुरक्षा प्रमुखहरुलाई ?

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्लास्थित सुरक्षा प्रमुखहरुको संयुक्त बैठक डाकेका छन् ।

मन्त्री लामिछानेको निर्देशनमा गृह मन्त्रालयले सोमबार बिहान ९ बजेका लागि ७७ वटै प्रजिअ र जिल्ला सुरक्षा समितिमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सम्मिलित ‘भर्चुअल मिटिङ’ आह्वान गरेको हो ।

लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्री बनेका थिए । गृहको जिम्मेवारी सम्हाले लगत्तै लामिछानेले गृह प्रशासनबाट हुने कामकारबाहीलाई प्रभावकारी बनाउन आफू लागि पर्ने बताएका थिए ।

पदभार सम्हालेयता उनले सुरक्षा कार्यविधि विपरीत नेता तथा आसेपासेको अंगरक्षक, भान्से, चालक र अर्दली बनाएर खटाइएका प्रहरी र सशस्त्रका कर्मचारी फिर्ता गर्न निर्देशन दिएका थिए ।

त्यसयता दुवै सुरक्षा निकायले कार्यविधि विपरीत खटिएका करीब ३ सय सुरक्षाकर्मीलाई फिर्ता गरिसकेको छ । मन्त्री लामिछानेले मातहत सुरक्षा निकायका अधिकारीले पूर्व सहमति नलिई कूटनीतिक र राजनीतिक भेटघाट गर्न नपाउने गरी परिपत्र गरेका थिए ।

राहदानी लिन आम नागरिकले बेहोर्दै आएको सास्ती अन्त्य गर्ने भन्दै राहदानी विभागको स्थलगत निरीक्षण पनि गरेका थिए । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सोमबारको भर्चुअल बैठक देशभरको प्रशासनिक र सुरक्षा अवस्थाबारे प्रजिअ र जिल्ला स्थित सुरक्षा प्रमुखहरुबाट जानकारी लिने, जिल्लाको अवस्थाबारे कुरा सुन्ने अनि प्रशासनबाट प्रवाह गरिने सेवा प्रवाहलाई थप चुस्त बनाउन आवश्यक निर्देशन दिनेमा केन्द्रीत हुने बताए राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आम नागरिकले खेप्नु परेका समस्या, त्यसको समाधानका लागि प्रशासनबाट गर्नुपर्ने पहल र समन्वय, बजार अनुगमन, शान्तिसुरक्षाको अवस्था, सीमा प्रशासनलगायत विषय भर्चुअल बैठकमा उठ्ने बताइएको छ । प्रजिअ जिल्ला सुरक्षा समितिको संयोजक पनि हुन् ।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्लाको शान्तिसुरक्षा कायम गर्ने देखि बजार अनुमगन, भ्रष्टाचारजन्य गतिविधि रोकथाम तथा नियन्त्रण, जिल्लाभरको सार्बजनिक सेवा प्रवाह चुस्त र प्रभावकारी भए/नभएको अनुगमन, नियमन र आवश्यकता अनुसार आदेश÷निर्दशन जारी गर्ने अधिकार प्रजिअलाई तोकिएको छ ।

राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी जिल्लाबाट हुने कामकारबाहीको समग्र व्यवस्थापन तथा समन्वय पनि प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । यी सबै विषय भर्चुअल बैठकमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको