उपत्यकासहित सातै प्रदेश प्रहरी प्रमुखहरुलाई महानिरीक्षक सिंहले दिए यस्तो निर्देशन

प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन्।

आईजीपी सिंहको उपस्थितिमा प्रदेशस्तरीय शान्ति सु-व्यवस्थासम्बन्धी अर्ध-वार्षिक समीक्षा बैठक सोमबार सकिएको हो।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रूपमा भएको बैठकलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवम् कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न निर्देशन दिए।

सार्वजनिक सुरक्षा अमनचयन कायम गर्न र संगठको उद्देश्य प्राप्तिका लागि विषम् परिस्थितिमा पनि संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको संगठनमा सधैँ खाँचो रहेकाले त्यहीअनुसार काम गर्न प्रहरी अधिकृतहरूलाई उनले आग्रह गरे।

सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने उल्लेख गरे।

स्थानीय तहका साथै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफल रूपमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारीको योगदान सराहनीय रहेको उल्लेख गर्दै उनले अब त्यस्तै किसिमले राजस्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसा लगायतका अपराध निष्तेज गर्न सम्पूर्ण प्रहरी कर्मचारी लाग्नुपर्नेमा उनले जोड दिए।

प्रहरीले औचित्य पुष्टि हुने गरी कर्तव्य पालनाको क्रममा निष्ठापूर्वक गरेका काम-कारवाहीप्रति संगठनको सदैव साथ र सहयोग रहने उनले बताए।

बैठकको सुरुमा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो कार्यालयबाट भएका काम कारबाही तथा सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, अपराध एवं अनुसन्धानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रस्तुतीकरणको क्रममा उनीहरूले सुरक्षा चुनौती, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसँग सम्बन्धित विषय एवं भोग्नु परेका चुनौती र पृष्ठपोषण, समन्वय र सहकार्यको अवस्था, प्रहरी कार्यालयलाई स्मार्ट र क्षमतावान बनाउन अंगिकार गरिएका नविनतम कार्यहरू लगायत विषयमा विस्तृत जानकारी गराएका थिए।

बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरू उपस्थित थिए।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको