एयरपोर्टले प्रधानमन्त्रीको निर्देशन किन पालना नगरेपछि अर्थमन्त्री पौडेललाई प्रचण्डको फोन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने निर्देशन पालना नगरिएकोप्रति आपत्ति जनाएका छन्। उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई मंगलबार बिहान टेलिफाेनमार्फत निर्णय कार्यान्वयन नभएकोप्रति प्रधानमन्त्री प्रचण्डले चासो राखेका हुन्।

साथै, उनले अर्थमन्त्री पौडेललाई फोनमार्फत तत्काल कार्यान्वयन मिलाउन निर्देशन दिएका छन्। सोमबार अमेरिकाबाट नेपाल ल्याइएको मोबाइल सेट एयरपोर्टका कर्मचारीले जफत गरेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालले मंगलबार बिहान अर्थमन्त्री पौडेल र अर्थसचिवलाई आवश्यक कानुनी प्रक्रिया पछि मिलाउँदै जान सकिने तर अहिले निर्देशन कार्यान्वयन आजैकै मितिदेखि गराउन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।

‘प्रधानमन्त्रीले आज अर्थमन्त्रीलाई फोन गरेर एयरपोर्टले सरकारको निर्देशन किन पालना नगरेको? भनेर जिज्ञासा राख्नुभयो,’ सचिवालयका एक सदस्यले भने, ‘तत्काल सरकारको निर्णय कार्यान्वयन गर्नुपर्‍यो। कानुनी समस्या छन् भने पनि ततकाल सम्बोधन गर्ने व्यवस्था मिलाउनुपर्‍यो।’

सोमबार अमेरिकाबाट फर्केका झापाका दुधलाल नेम्वाङले आफ्नो साथमा ल्याएको आइफोन एयरपोर्टका कर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने भन्दै लिएपछि उनले त्यही छोडेर हिँडेका थिए।

‘उहाँले अर्थसचिवालाई पनि निर्देशन सदँदै सबैतिर सरकारको निर्णय एकैपटक पुग्ने र कार्यान्वयन हुने गरी सर्कुलर गर्न निर्देशन दिनुभयो,’ सचिवालयका ती सदस्यले थपे ।

सरकारले बाहिरबाट आउँदा ल्याउने मोबाइलमा कुनै रकम नलाग्ने निर्णय भएपछि आफूले ल्याएपनि एयरपोर्टका कर्मचारीले सरकारको निर्णय थाहा नभएको र कुनै निर्णय प्राप्त नभएको बताउँदै १८ प्रतिशत कर तिर्नेपर्ने बताएपछि उनले मोबाइल फोन त्यही छोडेका थिए।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको