सत्ता गठबन्धनमा मिल्यो भागबण्डा, कुन प्रदेशमा कसले पाए मुख्यमन्त्री र सभामुख ?

सात दलीय सत्ता गठबन्धनले सातवटै प्रदेशमा मुख्यमन्त्री र सभामुखबारे भागबण्डा मिलाएको छ। आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा कसले कुन पद पाउने भन्ने टुंगो लगाएको हो।

सहमति अनुसार माओवादीले बागमती प्रदेश र कर्णाली प्रदेशको मुख्यमन्त्री पाएको छ। बागमतीमा पहिलो कार्यकाल र कर्णालीमा ५ वर्ष सरकार चलाउने भएको हो।

‘बागमतीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएछ, पहिलो कार्यकाल म मुख्यमन्त्री हुनेछु’ नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलल्ले भने।

स्रोतका अनुसार नेकपा एमालेले प्रदेश १, गण्डकी र लुम्बिनीको मुख्यमन्त्री पाउने भएको छ। प्रदेश १ मा आजै एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनिसकेका छन्।

यस्तै, कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने छ।मधेश प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आलोपालो दिने सहमति भएको छ।

बाग्मती र सुदूरपश्चिमको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेले पालैपालो पाउने छन्। यस्तै, सभामुखबारे पनि गठबन्धन दलले भागबण्डा मिलाएका छन्।

आइतबार भएको निर्णयअनुसार मधेश र कर्णाली प्रदेशमा एमालेले सभामुख लिने भएको छ। यस्तै, प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीको भागमा परेको छ।

बाग्मती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिने सहमति भएको छ। बागमतीमा निर्णायक रहेको राप्रपाले मुख्यमन्त्री दाबी गर्दै आएको थियो।

यस्तै, प्रदेश १ र गण्डकीमा एमालेको तर्फबाट उपसभामुख बन्नेछन् भने बागमती र कर्णालीमा माओवादी तथा लुम्बिनीमा राप्रपाले उपसभामुख पाउनेछन्।

मधेश प्रदेशमा जनमत पार्टी र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई उपसभामुख दिने निर्णय गरिएको छ।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको