गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार मुख्यमन्त्रीमा नियुक्त अधिकारीले साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग शपथ लिएका हुन्।
मुख्यमन्त्री सँगै तीन जना मन्त्रीले पनि शपथ लिएका छन्। नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीतादेवी सुन्दास र राप्रपाका पंचराम गुरुङले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन्।
प्रमुख गुरुङले अधिकारीलाई संविधानको धारा १६८ को उपधार २ बमोजिम सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
एमाले संसदीय दलको नेता रहेका खगराजलाई एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदको समर्थन रहेको छ।
अधिकारी यसअघि संघीय सरकारको गृह र स्वास्थ्यमन्त्री भइसकेका छन्।