यी हुन् माओवादी केन्द्रबाट मन्त्री बन्ने चर्चामा रहेका व्यक्ति

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपनि पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लागेको छैन् । उप–प्रधानमन्त्रीका रुपमा नारायणकाजी श्रेष्ठ सरकारमा सहभागी छन् ।

नेताहरुका अनुसार माओवादीले बढीमा पाँच मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालयको टुङ्गो भने लागेको छैन ।

यसपटक जनार्दन शर्मा र वर्षमान पुन सरकारमा जाने सम्भावना न्यून रहेको नेताहरु बताउँछन् । शर्मा देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनको कार्यकाल विवादित बनेको थियो । वर्षमानले भने गृहमा दाबी गरेका थिए । तर गृह माओवादीको भागमा नपरेपछि उनी सरकारमा सहभागी हुने सम्भावना न्यून रहेको उनी निकट एक नेताले बताए ।

तर माओवादीबाट शक्ति बस्नेत, रेखा शर्मा, अमनलाल मोदी, महेन्द्रराय यादव , माधव सापकोटा, हितबहादुर तामाङ र सुदन किराती मन्त्री बन्ने सम्भावना छ ।

यसबाहेक रुपा चौधरीले राज्यमन्त्री पाउने सम्भावना रहेको नेताहरु बताउँछन् । प्रचण्ड निकट एक नेताका अनुसार माओवादीले परराष्ट्र मन्त्रालयमा दाबी गरेको छ । परराष्ट्र मन्त्रालयमा माओवादीका शक्ति बस्नेतको दाबी रहेको बताइएको छ ।

बस्नेत, यादव, तामाङ र रेखा शर्मा यसअघि पनि मन्त्री भइसकेका अनुहार हुन् । प्रचण्डले आफूनिकट नेताहरुसँग सम्भावित मन्त्रीका बारेमा छलफल जारी राखेको समेत बताइएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको