कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक: के- के गर्यो निर्णय ?

नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनमा उम्मेदवारी दिनुअघि संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

बिहीबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक गरी कांग्रेसले सत्ता र प्रतिपक्षमा रहेका सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

‘सभामुख र उपसभामुख निर्वाचनका सन्दर्भमा संसदमा रहेका सबै दलहरूसँग छलफल चलाउने निर्णय भएको छ,’ उनले भने, ‘स्ववियु चुनाव पनि आइरहेकोले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल गरियो।’

यही माघ ५ मा सभामुखको चयनका लागि निर्वाचन हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई गत पुस २६ मा विश्वासको मत दिएको कांग्रेसले सभामुखलगायत पदमा उम्मेदवारी दिन्छ कि दिँदैन भन्ने चासोसाथ हेरिएको छ।

सहमहामन्त्री पाण्डेका अनुसार कांग्रेस एक्लैको भोटले मात्र सभामुख तथा उपसभामुखमा विजय हुन नसक्ने भएकोले अन्य दलहरूको सहयोग लिन छलफल चलाउने निर्णय गर्नुपरेको हो।

साथै चैत ५ मा स्ववियु चुनाव हुने भएकोले नेविसंघलाई पूर्णता दिनेबारे पनि पार्टीभित्र छलफल गरिएको पाण्डेले बताए।

उनकाअनुसार प्रदेशहरूमा सभामुख चयन प्रक्रियामा उम्मेदवारी दिने वा नदिने निर्णय गर्ने अधिकार प्रदेशस्थित पार्टी कार्यसमितिलाई नै जिम्मेवारी दिइएको छ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको