कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिन्छ

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन्।

आज तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आयोजित गोरु जुधाइ मेलाको उद्घाटन कार्यक्रममा उनले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ। बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ। तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ।’

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका प्रवक्ता डा महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्दै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताए। ‘विभिन्न रूप रङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन्। देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ। कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागि पर्नेछ’, उनले भने।

तारुकाको विकासको आवश्यकताका बारेमा आफू परिचित रहेको उल्लेख गर्दै डा. महतले भने, ‘यहाँ खानेपानीको आवश्यकता छ, १२ महिना चल्ने सडकको आवश्यकता, गाउँगाउँलाई जोड्ने सडकको खाँचो छ, त्रिशूली नदीमा मोटरेबल पुल चाहिएको छ, कांग्रेसको नेतृत्वमा धेरै काम भएकोले यहाँको आवश्यकता पनि पूरा हुनेछ।

गोरु जुधाइ परम्परा सांस्कृतिक, पर्यटकीय महत्त्वको रहेकाले यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने प्रवक्ता डा महतले जोड दिए।

बागमती प्रदेशसभाका नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाले सांस्कृतिक महत्त्वको गोरु जुधाइ मेलाले स्थानीय पर्यटनको विकासमा भूमिका खेलेको बताए।

तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले गोरु जुधाइ मेलालाई व्यवस्थापन र गोरु जुधाउन ल्याउने किसानका लागि पालिकाले यो वर्ष रु आठ लाख बजेट दिएको जानकारी दिए।

सिफारिस

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ। विश्व वन्यजन्तु कोष नेपालले...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

भर्खरै

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

धेरै पढिएको