राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन मन्त्रीकाे टुंगाे लगाएकाे छ । पार्टी प्रवक्ता माेहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिँचाइ, उपाध्यक्ष विक्रम पाण्डेलाई शहरी विकास तथा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्नेछन् । यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने पक्का भएकाे श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रालय भागबन्डा टुंग्याएको छ। मंगलबार बसेको पार्टीको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको सहायक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार शिक्षामन्त्री, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीमा शिशिर खनाललाई पठाइने भएको छ। त्यस्तै, डोलप्रसाद अर्याल (डिपि) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्कीलाई पठाउने जिम्मेवारी भएको बुर्लाकोटीले जानकारी दिए।
त्यस्तै, एमालेबाट परराष्ट्र मन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई र प्रतिनिधि सभा सदस्य पदम गिरी स्वास्थ्य मन्त्री बन्न लागेका छन्। बाँकी २ जनाको नाम टुंगो लाग्न बाँकी छ।
