एकीकृत समाजवादी देशको मुख्य राजनीतिक शक्ति हो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक दृष्टिकोणले देशको मुख्य राजनीतिक शक्ति भएको बताएका छन्।

सम्पर्क मञ्चद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार आयोजित समसामयिक राजनीतिक विषयक प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले देशमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको रूपान्तरणमा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।

मुलुकको वर्तमान राजनीतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको उनले प्रष्ट पारे।

पार्टीलाई क्रान्तिकारी भावनामा बढाएर नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणमा लाग्ने क्रियाशील भई पार्टीलाई समाजको आशावादी पार्टी बनाउन आफूहरु लागेको उनको भनाइ थियो। पार्टी निर्माणका लागि दृढ सपना र लक्ष्य बोक्न कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘सपनाको लागि प्रयासरहित निद्रा चाहिन्छ, तर लक्ष्यका लागि निद्रारहित प्रयत्नको आवश्यकता पर्दछ।’

अध्यक्ष नेपालले विपरीत राजनीतिक मान्यता बोकेका दलहरूप्रति सत्ता स्वार्थका लागि गरिने गठबन्धनले देश र जनताको समस्या समाधान गर्न नसक्ने बताउँदै राजनीतिमा देशभक्ति, जनताप्रति सेवाको भावना, इमान्दारिता, त्यागको निष्ठा र समर्पणको खाँचो औँल्याए।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले कतिपय पार्टीका केन्द्रीय समिति र विभागमा भएका जिम्मेवार नेताहरू पनि चुनावमा मतदान गर्न सम्बन्धित क्षेत्रमा नपुगेका विषयमा गुनासो आएकाले त्यस्ता नेता र कार्यकर्ताको लगत सङ्कलन भइरहेको जानकारी गराए।

अध्यक्ष नेपालले निर्वाचनबाट आफूहरूले प्राप्त गरेको परिणामले नेता तथा कार्यकर्ता हतोत्साहित हुन नपर्ने बताउँदै आफ्नो दलले अवलम्बन गरेको नीतिले समग्र मुलुकको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने विचार व्यक्त गरे।

लोकतन्त्रमा सबै जनताले सामाजिक न्याय, समानताको अवसर प्राप्त गर्नुपर्नेमा उनले जोड दिए। पार्टी निकट उक्त मञ्चले कार्यक्रममा पूर्वअध्यक्षलाई सम्मान गरेको थियो।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको