पिकनिकमार्फत बेलका विकास समाजको सन्देश, ‘बेलका बाहिरको बेलका, रहिरहोस् आपसी एकता’

‘बेलका बाहिरको बेलका, रहिरहोस् आपसमा एकता’ भन्ने मूल नाराका साथ उदयपुरलाई कार्यक्षेत्र बनाई काठमाडौंमा सक्रिय बेलका विकास समाजले पिकनिक आयोजना गर्ने भएको छ । उदयपुर घर भई काठमाडौं बसोबास गरिरहेका बेलकाबासीलाई सहभागी गराउने गरी समाजले कार्यक्रम गर्न लागेको हो । काठमाडौंमा बेलकाबासीका लागि यो एक मात्र छाता संस्था हो ।

काठमाडौं चन्द्रागिरिको स्विट्जरल्याण्ड पार्कमा माघ १४ गते शनिबार पिकनिक कार्यक्रम राखिएको संस्थाका अध्यक्ष महेन्द्र थापाले जानकारी दिए ।

‘यो रमाइलोका लागि मात्र नभएर लामो समय भेट नभएका नगरबासीबीचको संवादहिनता तोड्ने अवसर पनि हो’, उनले भने, ‘यस अवसरमा हामीले बेलका नगरपालिकाको विकास, नगरबासीको हितखातिर हामीले गर्नुपर्ने कामबारे पनि छलफल गर्ने छौँ ।’

संस्थाले यसअघि पनि पिकनिकको अवसरमा विशेष अन्तर्क्रिया कार्यक्रम गरेको थियो ।

बेलका विकास समाजले २०७६ र ०७७ मा लकडाउनका बेला अप्ठेरोमा परेका करिब ४ सय बेलकाबासीको काठमाडौंबाट उद्धार गरी आ-आफ्नो गाउँ पुर्‍याएको थियो । बेलका नगरपालिकासँगकाे समन्यवमा उद्धारकाे काम भएकाे थियाे ।

यसैगरी, चाैदण्डगढी नगरपालिका र बेलका नगरपालिकासँगको समन्वय एवं काठमाडौंको ओम समाज डेन्टल हस्पिटलसँगको सहकार्यमा संस्थाले गरेको दन्त शिविरमा करिब ५ सय जनाले सेवा लिएका थिए ।

यसैगरी शिक्षा, स्वास्थ्य, जनजिविकाका क्षेत्रमा नगरपालिकाका मुद्दा सिंहदरबारसम्म पुर्‍याउने काममा पनि बेलका विकास समाजले समन्वय गर्दै आएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको