केपी ओली कप विजेताले कति लाख पाउने छन् पुरस्कार ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा हुने राष्ट्रिय स्तरको गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।

केपी ओली कप फुटबल प्रतियोगिता आयोजक एमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने घोषणा गरेको हो ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५०/५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकले प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार तथा हरेक खेलको म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएको हो ।

प्रतियोगितामा सहभागिताका लागि माघ १७ गतेभित्र टिम दर्ता गर्नु पर्ने संघले जानकारी दिएको छ ।

व्यावसायिक फुटबलको प्रवर्द्धनमा केही योगदान गर्नु र यसका माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनीतिक दलहरुलाई समेत प्रेरित गर्नका लागि आफूहरुले केपी ओली कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेका युवा संघले जनाएको छ ।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको