सञ्चार क्षेत्रमा राम्रो छवि बनाएका पत्रकार हुन् रवि लामिछाने। टेलिभिजन कार्यक्रममार्फत देश तथा विदेशमासमेत रहेका नेपालीले खेप्नु परेको समस्या उठाएर उनी सेलिब्रिटी बनेका थिए।
सञ्चारकर्मबाट पाएको अथाह मायालाई उनले राजनीतिक दलमा रुपान्तरण गरेर अगाडि बढ्ने योजना बनाएका थिए।
सामाजिकदेखि विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तिलाई साथ लिएर रविले ७ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दल घोषणा गरे।
रास्वपाको अहिलेसम्म केन्द्रीय समितिले पूर्णता पाएको छैन। रास्वपाका एक पदाधिकारीका अनुसार २४ जनामात्रै केन्द्रीय सदस्य छन्।
असार पहिलो साता नयाँ दल खोलेका रविले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभाको चुनावमा ऐतिहासिक सिट जित्यो।
गठन भएको ६ महिनामै रास्वपाले सभापति रवि लामिछानेसहित प्रत्यक्षमा ७ सिट जित्यो। ११ लाख बढी मत पाएर समानुपातिकमा पनि १४ सिट जित्न सफल भयो।
