यातायात मजदुरलाई छाड्न यातायातमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलन गर्ने यातायात मजदुरलाई छाड्न र मोबाइल पसलमा चोरी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठले यातायात मजदुर र यातायात व्यवसायीसँग छलफल गरी आन्दोलनका क्रममा प्रक्राउ परेकालाई छाड्ने र चोरी गर्ने जो कसैलाई पनि कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

‘यातायात व्यवसायीले लोत्से मलमा आफ्नो कार्यक्रम गर्न पाउनुपर्थ्यो’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नहुनुपर्ने घटना भएको छ। आन्दोलनका क्रममा प्रकाउ भएका मजदुरलाई छाड्नुपर्छ।’

यातायात मजदुरले आन्दोलनका क्रममा लुटपाट लगायतको घुसपैठ भई भएको मन्त्रीलाई जानकारी गराएका थिए। व्यवसायीले आन्दोलनको जिम्मेवारी लिएपनि चोरी लुटपाटमा सरकारले कारबाही गर्न सक्ने बताएका थिए।

‘लुटपाटमा संलग्न व्यवसायी वा जो कोही भए पनि पक्राउ गर्नुपर्छ’, उनले भने। यातायात मजदुरले गोंगबु बसपार्कको व्यवस्थापन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका पंकज मल्ललगायतलाई कारबाही गर्न आग्रह गरेका छन्। उनीहरुले सोमबार शान्तिपूर्ण आन्दोलनमा गुन्डा लगाएको बताउँदै प्रहरीको गाडी आगजनी लगायतको काम गरेका छन्।

प्रहरीले यातायात मजदुरलाई प्रक्राउ गरेको भन्दै मंगलबार काठमाडौंमा सबै गाडी ठप्प पारेका थिए। मजदुर कुटपिट गर्नेलाई कारबाही गर्ने बताएका छन्।

यातायात मजदुर तथा व्यवसायीले काठमाडौं उपत्यकामा गरेको आन्दोलन स्थगित गरेका छन्। सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै मंगलबार काठमाडौंमा बन्दको घोषणा गरेका मजदुरले आन्दोलन फिर्ता गरेका हुन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राई सरकारले आफ्ना माग सम्बोधन गर्न तत्परता देखाएकाले गाडी नचलाउने आन्दोलन फिर्ता लिएको जनाए।

मन्त्री श्रेष्ठले यातायात सबैको सरोकारको विषय भएकाले आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए। ‘यातायात मजदुर वा व्यवसायीका जायज मुद्दा सम्बोधन गर्दै जान्छौँ’, मन्त्री श्रेष्ठले भने, ‘मजदुरले पनि कानुन पालना गर्न गर्नुपर्छ।’

उनले राष्ट्रिय यातायात क्षेत्रलाई प्राथमिकता क्षेत्र भएको बताएका छन्। उनले यातायातको समग्र समाधान गर्न कार्यदल बनाइसकेको बताउँदै तत्कालको समस्या समाधान गर्न नयाँ कार्यदल पनि बनिसकेको बताए।

तत्कालको समस्या समाधान गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको नेतृत्वमा कार्यदल बनेको छ। एक हप्तमा कार्यादलले रिपोर्ट बुझाउने उल्लेख गरेका छन्।

यातायात मजदुरले उपत्यकाको आन्दोलन स्थगित भए पनि देशभर घोषणा गरेका शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको