प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेश तयार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेश तयार भएको छ।प्रचण्डविरुद्धको रिट दर्ता गर्ने गरी शुक्रबार जारी आदेशबारे सर्वोच्चले आइतबार जानकारी दिएको हो।

आदेशमा यसअघि सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको रिट दर्ता नगर्नु अनुचित रहेको भनिएको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासले अन्य कुराको रीत पुगेको भए रिट निवेदन दर्ता गर्न आदेशमा भनेको छ।

‘फौजदारी न्याय प्रक्रिया निष्क्रिय, शून्य वा निष्प्रभावी अवस्थामा रहनु हुँदैन। सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरुको शान्ति सम्झौता, नेपालको संविधान, यस अदालतबाट भएको फैसला तथा अन्तर्राष्ट्रिय कानुन र सिद्धान्त बमोजिम पीडितहरुले सत्यतथ्य जानकारी पाउने तथा न्याय र परिपूरण पाउने विषयहरु विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न मिल्ने देखिँदैन’, आदेशमा भनिएको छ।

‘त्यस्ता संक्रमणकालीन निकायहरु निष्क्रिय रहेको र कानुन निर्माणसमेत प्रभावकारी नभएको देखिनुपर्ने अवस्थामा संक्रमणकालीन न्यायिक संयन्त्रबाट सुनुवाइ नै नभएको वा प्रभावकारी न्याय प्राप्त हुन नसकेको विषयलाई लिएर पीडितपक्षले हक प्रचलनका लागि यस अदालतमा प्रवेश नै नपाउने भन्ने कुरालाई संविधानसम्मत, न्यायोचित र तर्कपूर्ण मान्न मिल्दैन’, आदेशमा उल्लेख छ।

प्रचण्डले तीन वर्षअघि माघीका अवसरमा काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने बताएका थिए।

जनयुद्धमा मारिएका ५ हजारजनाको जिम्मा आफूले लिने तर बाँकी जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने उनको तर्क थियो।

तर जनयुद्धका क्रममा मारिएका, बेपत्ता र घाइतेहरुका आफन्तले न्यायिक परिपूरण नपाइरहेको अवस्थमा प्रचण्डको उक्त अभिव्यक्ति मुद्दाका रुपमा सर्वोच्च पसेको हो।

२०६३ सालमै माओवादी शान्तिप्रक्रियामै आए पनि अझैसम्म द्वन्द्वकालका पीडितहरुले न्याय पाउन सकेका छन्। सत्यनिरुपण तथा बेपत्ता आयोगले काम नगर्दा पीडिहरु चिन्तामा रहेका बेला प्रचण्डविरुद्धको रिटमार्फत द्वन्द्वकालीन मुद्दा सर्वोच्च पुगेको हो।

यो प्रकरण सर्वोच्च पुगेसँगै जनयुद्धमा सहभागी माओवादी घटकमा तरंग छाएको छ। सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा आइतवार गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी प्रचण्ड, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, डा. बाबुराम भट्टराईसहितले एकै आवाजमा मुद्दा दर्ताको उक्त कदमको विरोध गरेका छन्।

माओवादी महासचिव देव गुरुङले आइतवार मात्रै एक विज्ञप्ति निकालेर सर्वोच्चले द्वन्द्वकालीन मुद्दाको आडमा सर्वोच्चले संक्रमणकालीन न्यायमाथि खेल्न खोजेको जनाएको छ।

माओवादीले प्रधानमन्त्रीविरुद्धको मुद्दा दर्ता गराएर सर्वोच्चले कार्यपालिकासँग द्वन्द्व बढाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेको छ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको