युएईमाथि सानदार जितसँगै जोगियो नेपालको एकदिवसीय मान्यता

घरेलु मैदानमा आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाल्दै नेपालले आगामी ४ वर्षका सोझै एक दिवसीय मान्यता जोगाएको छ। युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराएको नेपालले ऐतिहासिक जित निकालेको हो।

लिग २ मा दोस्रो पटक युएईलाई हराएको घरेलु टोलीले शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको हो। नेपालले अबका बाँकी दुई खेल गुमाएपनि ओडिआई मान्यता कायम रहनेछ।

ओडीआई मान्यता जोगाएपछि नेपालको अबको लक्ष्य शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट खेल्ने रहेको छ। शीर्ष ३ मा रहन नसके प्ले अफबाट विश्वकप छनोटमा स्थान बनाउने बाटो नेपालसामु छ।

नेपालसँगको हारले भने युएइले सोझै ओडिआइ मान्यता जोगाउने अवसर गुमाएको छ। अर्को प्ले अफमा शीर्ष ४ मा पर्न नसके युएईको ओडिआई मान्यता गुम्नेछ।

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भयो। घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारे। ७.५ ओभर बलिङ गरेका ललितले २ मेडन राख्दै २० रन खर्चे।

सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले ४ ओभरमा १४ रन दिए। सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट आफ्नो नाममा गरे।

युएईले छैटौं ओभरमा नै ४ विकेट गुमाएर दबाबमा आएको थियो। युएईका लागि आयान आफ्जल खानले २९ र अस्वन्त वान्तवाले १४ रन बनाए। कार्तिक मैयाप्पनले १५ बलमा ११ रन थपे। अनय ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रन बनाउँदा अलआउट भयो।
पावर प्लेमा खराब सुरुवात गरेको नेपालले ७.१ ओभरमा ३ विकेट गुमाएर २२ रनको अवस्थामा थियो।

चौथो विकेटका लागि कप्तान रोहित पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए।

३७ बलमा चार चौका हान्दै भिम २९ रनमा क्याच आउट हुन पुगे। युएईका रोहन मुस्तफाले २१.६ ओभरमा भिमलाई मइयाप्पनको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए।

पाँचौ विकेटका लागि कप्तान रोहित र आरिफ शेखले ८६ रनको महत्वपुर्ण साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ अघि बढेको थियो।

कप्तान रोहित ३७.३ ओभरमा ११२ बलमा ९ चौका हान्दै ७७ रन बनाउँदा क्याच आउट हुन पुगे। रोहितले ८३ बलमा ७ चौका हान्दै आफ्नो करियरको आठौ अर्धशतक पूरा गरेका थिए।

आरिफ शेख ४३ रन बनाउँदा क्याच आउट भए। लामो सट खेल्ने धुनमा रहेका अरिफले ५२ बलमा ५ चौका हाने।

सातौँ विकेटका लागि गुलसन झा र दिपेन्द्रसिंह ऐरिले ४८ रनको साझेदारी गरे। ३२ बलमा १ चौका र ३ छक्का हानेका गुलसन झा ३७ रन बनाउँदा जाहोर खानको बलमा बोल्ड आउट भए। सन्दीपले २ रन बनाए।

दिपेन्द्रसिंह ऐरि ३४ रन बनाउँदा बोल्ड आउट भए। १९ बलमा ३ चौका र २ छक्का हाने। सोमपाल कामी २ रनमा नटआउट रहे। ललित राजवंशी शुन्य रनमा नटआउट रहे।

ओपनर कुशल भुर्तेल ८ रन बनाउदा एलबीडब्लु धरापमा परे। आशिफ शेख शुन्य रनमा आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए।

युएईका लागि आयान अफ्जल खान, रोहन मुस्तफा, जवार फरिद र जाहुर खानले समान २ विकेट झारे। आर्यन लाक्रा, जुनैद सिद्दिकीले एक एक विकेट आफ्नो नाममा गरे।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको