प्रधानमन्त्री प्रचण्डले ओलीसंग मागेको हिसाब के हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फेरि एक पटक प्रधानमन्त्री बनाउन बाँकी रहेको बताएका छन्।

सोमबार विश्वास मतसम्बन्धी प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले पुस १० गते आफू प्रधानमन्त्री माग्दै ओलीको निवास बालकोटमा नपुगेको दाबी गरे।

‘म प्रधानमन्त्री खोज्दै बालकोट गएको होइन, तपाईंहरूले धेरै नै बोलाएपछि गएको हुँ,’ प्रचण्डले भने,‘तर पनि ओलीजीले मलाई प्रधानमन्त्री बनाउनुभयो त्यसका लागि धन्यवाद दिन्छु। मैले तपाईंलाई दुई पटक प्रधानमन्त्री बनाएको थिएँ। तपाईंले मलाई एक पटक प्रधानमन्त्री बनाएँ। हिसाब राख्नुहोला अझै एक पटक तपाईंले मलाई प्रधानमन्त्री बनाउन बाँकी छ।’

प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो बैठकमै ओलीले संसद विघटनको बचाउ गरेपछि आफ्नो ‘लभ’ कांग्रेससँग परेको बताए।

अहिले बनेको गठबन्धन प्राकृतिक भएकाले यो दीगो हुने उनको तर्क छ।

‘ओलीजीले वैशाखमा तपाईं र म राष्ट्रपतिको छेउको लबीमा सँगै हुनेछौं भन्नुभएको छ। मलाई लाग्छ त्यस्तो अवस्था आउने छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको