रवि लामिछानेविरुद्ध पासपोर्ट मुद्दा नचलाउने निर्णय

महान्यायाधिवक्ताको कार्यालयले पनि रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने निर्णय गरेको छ। सोमबार महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले यस्तो निर्णय गरेका हुन्। उच्च सरकारी वकिल कार्यालयले आइतबार मुद्दा नचलाउने रायसहितको फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयले पनि मुद्दा नचल्ने निर्णय गरेका थिए।

अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो। यससँगै लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा अदालतमा दर्ता नहुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति समेत रहेका लामिछानेलाई यसअघि नागरिकता मुद्दामा भने अदालतले दोषि ठहर गरेको थियो। नागरिकता मुद्दामा दोषि भएसँगै उनले सांसद पद र गृहमन्त्री समेत गुमाएका थिए।

तर अदालतले राहदानीको मुद्दामा छुट्टै अनुसन्धान भइरहेकाले राहदानी ऐन अनुसार नै कारबाही हुन सक्ने भनेको थियो। प्रहरीले त्यसअघि नै उजुरी परेपनि टुंग्याएको थिएन।

२४ गते सर्वोच्चको फैसलाको पूर्णपाठ आएको थियो। ३० गते प्रहरीले मुद्दा नचल्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो।

सरकारी वकिल कार्यालय काठमाडौंले पनि तत्काल उक्त फायल प्रहरीको राय अनुसार नै उच्च सरकारी वकिल कार्यालयमा पठाएको थियो। उच्चले महान्यायाधिवक्ताको कार्यालयमा आइतबार पठाएपछि सोमबार यस बारे अन्तिम निर्णय भएको हो।

महान्यायाधिवक्ताको कार्यालयले अन्तिम निर्णय गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल पुगेर छिटो निर्णय गर्न दबाब दिएका थिए। उनलाई महान्यायाधिवक्ता पोखरेलले आजै निर्णय गर्ने वचन दिएका थिए। सोही अनुसार सोमबार निर्णय भएको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ।

मुद्दा नचलाउन प्रहरीले लिएका आधार अनुसार नै महान्यायाधिवक्ता कार्यालयले पनि निर्णय गरेको हो। रविले सन् २०१५ मा अमेरिकी नागरिक हुँदै पूरानो नेपाली नागरिकताका आधारमा राहदानी लिएका थिए। उक्त राहदानी अवैध नागरिकताका आधारमा बनाएर दुरुपयोग गरेको भन्दै लामिछानेलाई कारबाही माग गरिएको थियो।

तर प्रहरीले अनुसन्धानका क्रममा रविले राहदानी दुरुपयोग नगरेको, पुरानो राहदानी बुझाइसकेको भन्दै कारबाही गर्न नपर्ने निस्कर्ष निकालेको थियो।

रवि पहिले नेपाली नागरिक रहेको र उनी गैरआवासीय नेपालीको हैसियतमा रहेकाले उनी विदेशी नागरिक नभएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको