एनएफपिजेले मनायो फोटो पत्रकारिता दिवस, दुई फोटो पत्रकार सम्मानित

काठमाडौँ- आज राष्ट्रिय फोटो पत्रकारिता दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी मनाएको हो ।

 दिवसका अवसरमा फोटो पत्रकार उषा तितिक्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ। ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन घोषणा गरिएको उक्त समान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आथित्यमा उहाँहरूलाई आज प्रदान गरिएको हो।

मन्त्री ज्वालाले फोटो पत्रकारिता चुनौतीपूर्ण पेशा रहेको उल्लेख गर्दै पत्रकारको योगदानलाई सम्मान व्यक्त गरे । उनले पत्रकारहरुले खिचेको फोटोको अभिलेखालय स्थापना गर्न पहल गर्ने समेत बताए ।

कार्यक्रममा एनएफपिजेका केन्द्रिय अध्यक्ष प्रदिपराज वन्तले स्वागत मन्तव्य राख्दै सम्पूर्ण फोटो पत्रकारअरूलाई एकजुट भएर संघर्ष गर्न आह्वान समेत गरेका थिए ।

उषा तितिक्षु नेपालको पहिलो महिला पत्रकार हुन । उनले २०४६ सालबाट स्वतन्त्र फोटो पत्रकारको यात्रा सुरु गरेकी थिईन् । उनले कैद गरिका तस्बिरहरु नेपालमा मात्र नभएर नेपाल बाहिर पनि चर्चा कमाएका छन् । तितिक्षु विभिन्न समासमायिक विषयमा समेत वकालत गर्दै आएकी छिन् ।

पुर्णिमा श्रेष्ठ विगत एक दशकदेखी फोटो पत्रकारिता गर्दै आएकी छिन् । गोर्खाको मध्य किसान परिवारमा जन्मिएकी उनी सफल हिमाल आरोही समेत हुन् । नेपालमा रहेका ८००० मिटर माथीका हिमालहरू आरोहण पनि गरेकी छिन् ।

कार्यक्रममा एनएफपिजेले आयोजना गरेको सेतो मच्छिन्द्रनाथ रथ जात्रा फोटो प्रदर्शनी, र पर्यटन फोटो प्रदर्शनीमा फोटो उपलब्ध गराएका फोटो पत्रकारहरुलाई पनि कदर -पत्रले सम्मान गरेको थियो। संस्थाले आज आफ्नो भित्तेपात्रोको विमोचनसमेत गरेको छ।

नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।

सो कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष राजभाइ सुवाल, कविन्द्रमान शाक्य, मीनरत्न बज्राचार्य, राजेन्द्र चित्रकार र एनएफपिजे बागमती प्रदेश अध्यक्ष नारायण सिलवाल लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको