कहाँ हराए टोपबहादुर रायमाझी ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई खोज्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली परिचालन भएको छ।

रायमाझीको पनि संलग्नता देखिएको भन्दै उनीमाथि प्रहरीले अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट गत बुधबार पक्राउ अनुमति लिएको थियो।

त्यतिबेला उनी अर्घाखाँचीस्थित कार्यक्रममा सहभागी भइरहेका थिए। आफूविरूद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि काठमाडौंमा गएर प्रहरीको अनुसन्धानलाई सघाउने उनले बताएका थिए।

साँझ बुटवल पुगेका उनले रातिको काठमाडौं आउने फ्लाइट टिकट रद्द गरेका थिए। रद्द गरे पनि उनले बिहीबार दिउँसोसम्म आफैं जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित हुने जानकारी गराएका थिए।

सांसद समेत रहेका व्यक्तिले आफैं उपस्थित हुने बताएपछि प्रहरी पनि उनलाई कुरेर बसेको थियो। तर उनी नआएपछि उनको खोजी गर्न प्रहरी प्रधान कार्यालय नक्सालले सिआइबीलाई जिम्मा दिएको हो।

‘आउँछु भनेर पनि नआएपछि सिआइबीलाई जिम्मा दिइएको हो,’ प्रहरी उच्च स्रोतले भन्यो। सिआइबीले गत शनिबारदेखि रायमाझीको खोजी गर्न थालेको हो। उनी कहाँ छन् भन्ने खुलिसकेको छैन।

तर भारतमा लुकेको हुनसक्ने भन्दै सिआइबीले त्यसअनुसार नै अनुसन्धान गरिरहेको उच्च स्रोत बताउँछ। उनी लखनऊमा लुकेको हुनसक्ने अनुमान छ। यद्यपि यो कुरा पनि पुष्टि भइसकेको छैन।

भुटानी शरणार्थीसम्बन्धी अनुसन्धान काठमाडौं परिसरले गरिरहे पनि रायमाझी पक्राउ गर्नलाई सिआइबीको टोली परिचालन भएको हो।

यस्तै उनको खोजी गर्न प्रहरीले नियमित प्रक्रियाअनुसार ७७ वटै जिल्लामा पत्राचार समेत गरिसकेको छ।

प्रहरीले यही घटनामा संलग्न रहेको आरोपमा उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरेको थियो। अहिलेसम्म ८ जनालाई प्रहरीले पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

केशव दुलाल, सानु भण्डारी, सागर राई, टंककुमार गुरूङ, इन्द्रजित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा प्रहरी हिरासतमा छन्।

उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। अहिलसम्म ४४ दिन अनुसन्धान गरिसकेको छ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको