डिजेल र मट्टीतेलको मूल्य एक लिटरमै १० रुपैयाँले घटाएको छ। सोमबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।
यससँगै डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ। यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो।
पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। ईण्डियन आयल कर्पोरेशन लिमिटेडले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर १५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।