आज पनि देशैभर वर्षा हुने, तराईमा हावाहुरी पनि

आज (शुक्रबार) देशभर वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशभर बादल विकास भइरहेकाले आज दिउँसो देशैभर वर्षाको सम्भावना देखिएको हो।

‘हल्कादेखि मध्यमसम्म वर्षा हुने देखिएको छ’, मौसमविद् मानन्धरले भनिन्, ‘धेरैजसो ठाउँमा हल्का वर्षाकै सम्भावना देखिन्छ।’

उनका अनुसार खासगरी आज मधेश, लुम्बिनी र गण्डकी प्रदशेमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। आज दिउँसो काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्।

मौसमविद्का अनुसार १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का र यसभन्दा माथि ५० मिलिमिटरसम्म वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ। अचेलको वर्षा मेघगर्जन/चट्याङसहित हुने मौसमविद् बताउँछन्।

तराईमा हावाहुरी पनि
आज वर्षासँगै तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ। ‘विशेषगरी लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईमा आज हावाहुरी चल्ने सम्भावना छ’, मौसमविद् मानन्धरले भनिन्।

महाशाखाको बुलेटिनअनुसार आज राति पनि कोशी प्रदेशलगायत देशको पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ‘काठमाडौंमा भने राति वर्षाको सम्भावना देखिएको छैन’, मौसमविद् मानन्धरले भनिन्।

मौसम महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

त्यसमा भनिएको छ– कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ। साथै देशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना समेत भएको हुनाले त्यसबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको