आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रातभरजसो वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा रातभर वर्षा भएको हो। अहिले पनि कोशी प्रदेश र मधेश प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

राति समग्रमा हल्का (१० मिलिमिटरभन्दा मुनिको वर्षा) देखि मध्यम (१० मिलिमिटरभन्दा बढी, ५० मिलिमिटरभन्दा कम पानी पर्नु) सम्म वर्षा भए पनि कतिपय ठाउँमा भारी वर्षा (५० मिलिमिटरभन्दा बढी, सय मिलिमिटरभन्दा कम पानी पर्नु) पनि भएको मौसमविद् पौडेलले जानकारी दिए।

‘विगत २४ घण्टामा मकवानपुरमा ८० मिलिमिटर र लमजुङमा ७८ मिलिमिटर वर्षा भएको छ’, उनले भने।

काठमाडौं उपत्यकामा साँझ ६/७ बजे पानी पर्न सुरु भएको थियो। ‘बिहान ३ बजेदेखि रोकियो’, उनले भने, ‘फेरि बेलुकातिर वर्षा हुने सम्भावना छ।’

विगत २४ घण्टामा काठमाडौं उपत्यकामा झन्डै भारी वर्षा भएको छ। मौसमविद् पौडेलका अनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४९ मिलिमिटर पानी परेको हो। ५० मिलिमिटर माथिको वर्षालाई भारी वर्षा भनिन्छ।

आज कहाँकहाँ पर्छ पानी?
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र मधेश प्रदेशलगायत बाँकी पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश प्रदेशलगायत बाँकी पहाडी भेगका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

तापक्रम कहाँकहाँ घट्यो? कहाँ घटेन?
एक/दुई दिनदेखि मौसम बदली (बादल लाग्नु) र वर्षा भइरहेकाले देशका धेरैजसो स्थानमा तापक्रम घटेर गर्मी कम भएको छ।

मौसमविद् पौडेलका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा देशका बाँकी पहाडी भेगमा तापक्रम घटेको छ।

‘४० डिग्रीभन्दा माथि पुगेको विराटनगरको अधिकतम तापक्रम अहिले ३५/३६ मा झरेको छ’, उनले भने। मौसम बदली र वर्षा भएका स्थानमा यसैगरी तापक्रम घटिरहेको उनले बताए।

तर सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका तराई क्षेत्रमा भने अहिले पनि तापक्रम यथावत् नै छ। ‘त्यता अझै केही दिन गर्मी नै हुने देखिन्छ’, उनले भने, ‘वर्षाको सम्भावना देखिएको छैन।’

ती प्रदेशका तराईमा तातो हावा/लु चलिरहेकाले त्यसको असरबाट बच्न होसियारी अपनाउन माैसमविद्ले सुझाव दिएका छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको