चार पटकको विश्वविजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल, रच्ला त इतिहास ?

जिम्बाब्वेमा जारी विश्वकप छनोटमा नेपालले आज पूर्वविश्वकप विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा आज दिउँसाे १२ः४५ बजे वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग खेल्न लागेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको सुपर सिक्समा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

समूह ‘ए’ को शीर्ष स्थानमा जिम्बाब्वे रहेको छ । जिम्बाब्वेले दुई खेलबाट चार अंक बनाएको छ । एक खेलबाट दोस्रो स्थानमा रहेको वेस्ट इन्डिजको दुई अंक छ । नेपाल भने तेस्रो स्थानमा छ । नेपालले दुई खेलमध्ये एक खेलमा हार र एक खेलमा जित निकालेको छ । समूहको शीर्ष तीनमा पर्ने टोली विश्वकप छनोटको सुपर सिक्समा पुग्नेछ ।

वेस्ट इन्डिजलाई पराजित गरे नेपालले ऐतिहासिक सफलता पाउनेछ । टेस्ट राष्ट्रलाई पराजित गर्नु त्यति सहज भने छैन । नेपालभन्दा वेस्ट इन्डिज निकै बलियो टिम हो ।

कप्तान साई होप, रोभमन पावेल, शामर्ह ब्रुक्स, जोनसन चार्ल्स, जासन होल्डर, ब्रान्डन किङ, केमो पाउल, कायल मेयर्स, निकोलस पुरनलगायतका ब्याटरलाई आउट गर्न नेपाली बलरलाई अहिलेसम्मकै चुनौती हुनेछ । त्यसो त, वेस्ट इन्डिजका विश्वस्तरीय बलरसामु नेपाली ब्याटर क्रिजमा टिकेर खेल्न निकै कठिन हुनेछ ।

नेपालको सम्भावित प्लेइङ इलाभेनः

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको