आज संसदबाट बजेट पारित गराउने तयारी, होला त पास ?

सरकारले आज संसद्बाट बजेट पारित गराउने तयारी गरेको छ। त्यसका लागि आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको छ।

त्यसो त सत्ता गठबन्धनमै रहेका कतिपय दल बजेट संशोधन नभए पारित गर्न नदिने अडानमा छन्। तर यथास्थितिमा बजेट पास नगर्ने अडान लिएका एकीकृत समाजवादी, जसपालगायत दलले उठाएका केही विषय सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि बजेट पारित गर्ने सहमति भएको दाबी स्रोतले  गरेको छ।

स्रोतका अनुसार मंगलबार साँझ सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेता र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटार (प्रधानमन्त्रीको सकारी निवास) मा भएको छलफल बजेट पारित गर्ने सहमति भएको हो।

‘सत्ता गठबन्धन दलबीच बजेट पासको पक्षमा उभिने र पारित गरेर जाने सहमति बनेको छ,’ स्रोतले भनेको छ, ‘दलहरूले ह्विप नै जारी गरेका छन्।’

कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना सांसदलाई बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् भने जनता समाजवादी पार्टी (जसपा) ले पनि यस विषयमा आज बिहान संसदीय दलको बैठक बसेर निर्णय गर्ने तयारी गरेको यसका नेताले बताएका छन्।

यसैगरी सरकारबाट आफूहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता आएकाले एकीकृत समाजवादीले पनि बजेट पारितका पक्षमा मतदान गर्ने यसका सांसद अम्मरबहादुर थापाले बताएका छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी पनि बजेट पासकै पक्षमा उभिने अपेक्षा गरिएको छ। जनमत पार्टीकी प्रमुख सचेतक अनिता साहले बजेटबारे बुधबार मात्र निर्णय गर्ने बताइन्। जनमतका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार बिहान बजेट पासका पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

तर यस विषयमा ठोस निर्णय आज बिहान संसदीय दलको बैठक बसेर गर्ने अध्यक्ष राउतले बताएका छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको