ललितपुर महानगरले संचालनमा ल्यायो ३५ वर्षदेखि बिग्रिएर थन्किएको दमकल

अजय महर्जन 

ललितपुर- ललितपुर महानगरपालिकाले ३५ वर्षदेखि बिग्रिएर थन्किएको डेनिस नामको दमकल संचालनमा ल्याएको छ।  महानगरले आज कार्यक्रमको आयोजना गर्दै उक्त दमकल संचालनमा ल्याएको हो।

प्राविधिकहरुका अनुसार यो दमकलमा टाइमिङ गेयर र टाइमिङ चेन बिग्रिएको थियो।  झण्डै छ वर्षको खोजीपछि अमेरिकामा भेटिएका यी सामान जडानपछि अहिले दमकल प्रयोग गर्न मिल्ने अवस्थामा पुगेको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबू महर्जनले जानकारी दिए ।

ललितपुर महानगरको प्रमुखमा पहिलो कार्यकालका लागि निर्वाचित भए लगत्तै महर्जनले पुल्चोकका स्थानीय मोहनप्रसाद नकर्मीले डेनिस दकमल बनाउने प्रस्ताव गरेका थिए । ‘प्रस्ताव स्वीकार गरेको झण्डै ६ वर्षपछि बिग्रिएको दमकम बनेको छ। बनेको मात्रै होइन, पूर्ण रुपमा काम गर्न सक्ने भएको छ ।’ प्रमुख महर्जनले बताए।

‘यो दमकल प्रयोग गर्न निक्कै नै सजिलो रहेको छ । छिटो आगो निभाउन सक्ने क्षमता भएकाले विगतमा यसले आगलागीका ठूला-ठूला घटनाबाट मानववस्तीलाई जोगाएको छ ।’ एक प्राविधिकले बताए।

महानगरले प्राकृतिक प्रकोप लगायत अन्य विभिन्न खालका प्रकोपहरुबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध ढंगबाट गम्भीरतापूर्वक काम गरिरहेको छ । प्रकोपका कारण हुनसक्ने क्षति सकेसम्म न्यून गर्न आवश्यक पर्ने अवयवहरुलाई ललितपुर महानगरपालिकाले पुल्चोकस्थित जुद्धवारुण यन्त्र कार्यालयको एकै छानामुनि राखेको छ।

दमकल, एम्बुलेन्स, शववहान सहित प्रकोपका बेला महत्वपूर्ण जिम्मेवारी वहन गर्ने जनशक्ति नगर प्रहरी समेत एकै छानामुनि राख्नुको मुख्य उद्देश्य आवश्यक परेको समय र ठाउँमा नगर प्रहरी सहित आवश्यक अवयवहरु एकैपटक पुग्न सकून भन्ने रहेको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको