बालेनले भत्काईसकेपछि भद्रकुमारी घले सेवा सदन नभत्काउन अदालतको अन्तरिम आदेश

काठमाडौंको अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना सरकारी जग्गामा बनाइएको भन्दै काठमाडौं महानगरले डोजर लगाएर भत्काएकै दिन उच्च अदालत पाटनले ती संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतको आदेश आउनु अगाडि नै आज दिउँसो महानगरले डोजर लगाएर संरचनाहरू भत्काएको छ । महानगरले यसअघि नै जग्गा खाली गर्न तीनदिने सूचना दिएको थियो ।

त्यसपछि सेवा सदनले उच्च अदालत पाटनमा संरचना भत्काउन निषेधको आदेश माग गर्दै निवेदन दिएको थियो । सोही निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेश दिने वा नदिने भन्ने सुनुवाईका लागि यही साउन ८ गतेका लागि पेसी तोकिएको छ । सो दिन दुवै पक्षलाई झिकाउने आदेशसमेत दिएको छ ।

उच्चले सो भवन भत्काउनुको कारण पेस गर्नसमेत १५ दिने आदेश दिएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको