भारतलाई १२८ रनले हराउँदै पाकिस्तानले उचाल्यो उपाधि

श्रीलंकामा जारी एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले हात पारेको छ। श्रीलंकामा भएको प्रतियोगिताको उपाधि भिडन्तमा पाकिस्तान ‘ए’ भारतलाई १२८ रनले हराउँदै उपाधि उचालेको हो।

नेपालसमेत सहभागि प्रतियोगिताको फाइनल भिडन्तमा पहिले ब्याटिङ गर्दै पाकिस्तानले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको भारत ‘ए’ ४० ओभरमा अलआउट हुँदै २२४ रनमा समेटियो। पाकिस्तानले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारत २ सय २४ रनमै अलआउट भएको हो।

पाकिस्तानलाई उपाधि जिताउने क्रममा तैय्यब ताहिरले ७१ बलमा १ सय ८ रनको सानदार पारी खेले।जवाफी ब्याटिङमा उत्रिएको भारतका लागि सर्वाधिक ६१ रन अभिषेक शर्माले बनाए। त्यसैगरी, यश धुलले ३९ रन जोडे।

साइ सुदर्शनको नाममा २९ रन रह्यो। भारतका अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। पाकिस्तानलाई जिताउने क्रममा सुफियान मुकिमले ३, मोहम्मद वासिमले २, मेहरन मुम्ताजले २ र अर्साद इकबालले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो स्कोर ३५२ मा पुर्‍याएको थियो।

पाकिस्तानको स्कोर साढे ३ सयमाथि लैजाने क्रममा तैय्यब ताहिरले ७१ बलमा विस्फोटक १०८ रनको शानदार पारी खेले। उनले १२ चौका र ४ छक्का पनि हाने।

मुबासिर र तैय्यबबीच छैटौँ विकेटका लागि शतकीय साझेदारी भएको छ। टिमलाई पाँचौँ झट्का १८६ रनमा लागेको थियो। तर पाकिस्तानले स्कोर बढाएर साढे ३५२ रनमा पुर्‍याएको हो।

पाकिस्तानका स्याम अयुब ५९ नर बनाएर आउट भए। उनलाई मानव सुथारले पवेलियन पठाए। साहिबजादा फरहान ६५ रन बनाएर आउट भए।

भारतका लागि रियान परागले २ लगातार बलमा २ विकेट लिए। उनले २८ औँ ओभरको पहिलो बलमा ओम्यार बिन युसुफ ३५ रन र अर्को बलमा कासिम अकरमलाई शून्यमा पबेलियन फर्काए। त्यसैगरी राभर्दन हङगरगेकरले पनि २ विकेट लिन सफल भए।

उता, भारतका लागि बलिङतर्फ राजवर्धन हङ्गर गेकरले २ र रियान परागले समान २ विकेट लिएका थिए।

इमर्जिङ कपमा लगायता जित निकालेसँगै पाकिस्तान ए ले भारतमाथि आगामी सेप्टेम्बरमा हुने एसिया कपमा पनि आफ्नो चुनौती बलियो रहने सन्देश दिएको छ। इमर्जिङ कपमा जस्तै एसिया कपमा पनि नेपाल, भारत र पाकिस्तान एकै समूहमा रहेका छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको