काठमाडौँ । नेपाल प्रहरीका १२२ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ प्रनानीमा बढुवा गर्न सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सुचिको पहिलो नम्बरमा डमबहादुर धिंगाल छन् । बुढानीलण्ठमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को कार्यालय खडा गरेर ठग्नेहरूबारे अनुसन्धानमा संलग्न राजन ढुंगाना वरिष्ठ प्रनानीमा सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा निरु सुवेदी, वसन्त कुमार दाहाल र दीपेश कौशिक सहित १ सय २२ जना छन् ।