सशस्त्र प्रहरीमा उत्साह, एकैपटक ६ हजार ६ सय ४६ कर्मचारी बढुवा हुँदै

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवामा देखिएको समस्या हल गर्न केही हदसम्म सफल भएका छन् । एक वर्ष लामो प्रयासपछि सशस्त्रमा एक सय पचहत्तर कर्मचारीको दरबन्दी थप भएको जानकारी हुन आएकाे छ । यसले केही हदसम्म भएपनि सशस्त्र प्रहरी बलमा देखिएको बढुवा जामको समस्या समाधान हुने विश्वास गरिएकाे छ ।

स‌ंगठनकाे प्रयास र सरकारकाे सही निर्णयले दरबन्दी थप भएपछि सशस्त्र प्रहरीका कर्मचारीमा उत्साह थपिएको छ । दरबन्दी थप भएपछि अब सशस्त्र प्रहरी बलमा एकैपटक ६ हजार ६ सय ४६ कर्मचारीको बढुवा हुने भएको छ ।

दरबन्दी थप भएसँगै सशस्त्र प्रहरीमा बढुवाको प्रक्रिया सुरु भइसकेको स्राेत बताउछ । एसएसपी तहसम्मको बढुवाका लागि गत साता नै सूचना प्रकाशन भइसकेको छ । जसअनुसार बढुवाको दौडधुप सुरु भइसकेको छ ।

सशस्त्रमा एसएसपीमा १४, एसपीमा ५८ तथा ९६ जना डिएसपीमा बढुवा हुँदैछन् । त्यस्तै, ६२ जना इन्स्पेक्टरमा, ६० जना वरिष्ठ सइ, एक सय ३१ ज्ना सई, ३३ जना असइ, ६६ जना बरिष्ठ हवल्दार, एक हजार नौ सय ९२ हवल्दार र तीन हजार नौ सय ३४ जना सहायक हवल्दारमा बढुवा हुनेछन् । एसएसपी बढुवामा गंगाराम श्रेष्ठ, राजेश उप्रेती, विकास घिमिरे, भरत खनियाँ, धुव्र कार्की, जनक पुरी, रमेश पाण्डे, नेत्र कार्की, तिर्थ पौडेल लगायत एसपी छन् ।

त्यस्तै, सि‍ सं नम्बर ३ का सबै एसपीमा बढुवा हुनेछन् भने सिसं नम्बर ७ र ८ का डिएसपीमा बढुवा हुने भएका छन् । यो बढुवासँगै सशस्त्र प्रहरी बलमा १६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता अब क्रमशः घट्दै जाने विश्वास गरिएकाे छ ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको