काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक कुमोध ढुंगेलले पाएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले बिहीबार ढुंगेललाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न ढुंगेललाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँमा हुने गुण्डागर्दीबारे लामो अनुसन्धान गरेका ढुंगेल प्रहरीमा ‘इन्काउन्टर स्पेसलिस्ट’ भनेर चिनिन्छन् ।
उनी लामो समयपछि काठमाडौँमा कमब्याक भएका हुन् । २०७२ पछि उनी उपत्यका बाहिर र प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।
