महालक्ष्मी बैंकको आयोजनामा फोटोग्राफी प्रतियोगिता हुँदै, जुरी सदस्यमा सुनिल शर्मा

काठमाडौं – महालक्ष्मी विकास बैंकले ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ गर्ने भएको छ । स्थानीय साना तथा मझौला व्यापारहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्ने भएको हो ।

बैंकका कर्पाेरेट कम्युनिकेशन हेड वसन्त बक्सीले स्थानीय तहमा सञ्चालित बिजनेशले पार्ने सकारात्मक पक्षलाई उजागर गर्दै त्यसले पार्ने आर्थिक टेवाको सन्देशलाई देशैभर फैलाउन प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा भाग लिन चाहनेले साना तथा मझौला व्यापारको फोटो र क्याप्सन बैंकको इमेल [email protected] मा पठाउनुपर्नेछ ।

भाद्र १६ गतेसम्म चल्ने यो प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार दिइने बैंकले जनाएको छ । प्रतियोगितामा पब्लिक च्वाइस अवार्ड पनि राखिएको छ । उक्त पुरस्कार राशि ५ हजार रुपैयाँ रहेको बैंकले जानकारी दिएको छ ।

प्रतियोगिताको मूल्यांकनका लागि ३ सदस्यीय जुरी घोषणा गरिएको छ, जसमा बैंकका कर्पाेरेट कम्युनिकेशन हेड बक्सी, भर्टिकल ३६० एड्भर्टिज्मेण्ट प्रालिका क्रियटिभ डाइरेक्टर उल्लास मक्राती र आर्थिक अभियानका फोटो पत्रकार तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) केन्द्रीय सदस्य सुनिल शर्मा छन् ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको