सशस्त्र प्रहरीका २ डीआईजी, १० एसएसपी र नेपाल प्रहरीका ५ एसएसपीको सरुवा

काठमाडौं- गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक(डिआईजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ। प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआईजी अभिकुमार खत्रीलाई भने बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाएको छ।

सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बिनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ।

त्यस्तै एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भुपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

त्यस्तै एसएसपीहरू कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथिभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई सीमा सुरक्षा तालिम सिक्षालय नवलपरासीबाट प्रधान कार्यालय कार्य विभाग, उद्दवबहादुर न्यौपानेलाई प्रधान कार्यालय भण्डार महाशाखाबाट पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ्ग र किरण ढुंगानालाई बैधनाथ बाहिनी मुख्यालय कैलालीबाट प्रधान कार्यालय सीमा सुरक्षा विभागमा सरुवा गरिएको जनाइएको छ।

नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको समेत काज सरुवा गरिएको छ। दानबहादुर कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी महानिरीक्षकको सचिवालयमा, डा. मनोजकुमार केसीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा, भुपेन्द्रबहादुर खत्रीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा सुर्खेतबाट जिल्ला प्रहरी परिसर काठमाडौंमा, सानुराम भट्टराईलाई प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयबाट राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा र सोमेन्द्रसिंह राठौरलाई प्रधान कार्यालय कार्य निर्देशनालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयना सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको